११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

महावौद्धका संक्रमितको सम्पर्कमा आएका ९० जनाको परीक्षण गरिने

भारतको विहार स्थायी घर भई महाबौद्धमा कपडा व्यापार गर्दै आएका संक्रमित परीवारको सम्पर्कमा आएका ९० जनाको नमूना परीक्षण गर्ने तयारी भएको छ। सोमवार राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखा सर्भिलेन्स शाखाका प्रमुख महेन्द्रध्वज अधिकारीले परीक्षणको तयारी भएको जानकारी दिए।

स्याङजाका १८ जना प्रहरीमा कोरोना संक्रमण

स्याङजामा एकैदिन १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालयमा कार्यरत ती प्रहरीको पोखरामा गरिएको नमूना परीक्षणको क्रममा कोरोना संक्रमण पुष्टि भएको प्रहरी कार्यालयले बताएको छ।

कोरोनाका कारण शिक्षण अस्पताल महाराजगञ्जमा एक जनाको मृत्यु

कोरोना संक्रमणका कारण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा एक जनाको निधन भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बारा जिल्ला फेटा गाउँपालिका ३ का ६० वर्षिय पुरुषको उपचारको क्रममा आज शिक्षण अस्पतामा निधन भएको हो।

पछिल्लो २४ घण्टामा १ सय ३९ जनामा कोरोना

पछिल्लो २४ घण्टामा १३९ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ५० रहेको छ। अहिलेसम्म १३ हजार ७ सय ५४ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्।

प्रादेशिक अस्पताल जनकपुरको ईमर्जेन्सी र आइसीयू सील

कोभिड अस्पताल जनकपुरमा उपचारकालागि ल्याएका कोरोना संक्रमितको मृत्युपछि प्रादेशिक अस्पताल जनकपुरको आकस्मिक कक्ष र आइसियु वार्ड सिल गरिएको छ। आइतबार धनुषाको सहिदनगर नगरपालिका–८ डुमरीयाका एक पुरुषको संक्रमणबाट मृत्यु भएपछि इमरजेन्सी वार्डलाई २४ घण्टा र आइसियु वार्डलाई ७ दिनको लागि सिल गरिएको जिल्लाको कोभिड आइसोलेशन वार्डका संयोजक डा. जामुन प्रसाद सिंहले जानकारी दिए।

पर्सामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि

आइतबार राति आएको रिपोर्टमा पर्सा जिल्लामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वस्थ्यकर्मी, अस्पतालका कर्मचारी, अन्य संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङमा परेका ब्यक्ति, क्वारेन्टाइनमा बसेका ब्यक्ति र स्वचेच्छाले पैसा तिरेर पीसीआर जाँच गराएका ब्यक्तिहरु यसमा रहेका छन्।

भेन्टिलेटर खोज्दा खोज्दै धनुषाका कोरोना संक्रमित युवकको मृत्यु

धनुषाको सहिदनगर नगरपालिका डुमरिया गाउँका ३८ वर्षिय युवकको आइतबार साँझ कोरोनाका कारण मृत्यु भएको छ। शनिबार प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका उनको स्वाब परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको थियो।

काठमाडौंमा एउटै परिवारका पाँच जनामा कोरोना, छोरी र नातिनी भारतबाट आएका थिए

भारतको विहारबाट आएका एक परिवारका पाँचै जनामा कोरोना पुष्टि भएको छ। उनीहरुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षणको क्रममा कोरोना पुष्टि भएको हो। अस्पतालको विवरण अनुसार भारतबाट आएकी एक महिलामा बिहिबार कोरोना पुष्टि भएको थियो।

पछिल्लो २४ घण्टामा १३० जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा १ सय ३० जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ४० रहेको छ। पछिल्लो पटक ७५ जना कोरोना मुक्त भएर घर फर्केका छन्।

आरडिटी पोजेटिभ देखिएका भारतीय व्यवसायिको कोभिड अस्पतालमा मृत्यु

आइतबार बिहान मृत्यु भएका बीरगन्जको आदर्शनगरमा ब्यवसाय संचालन गर्ने एक ६५ वर्षिय भारतीय नागरिकलाई कोरोना संक्रमणको आसंका गरिएको छ। नारायणी अस्थायी कोरोना अस्पतालमा उपचार गराइरहेका उनको पीसीआर परीक्षणको रिपोर्ट आउन बाँकी छ।

प्रहरी मुख्यालयमा कार्यरत ४ जनामा कोरोना, सवारी शाखा सिल

नेपाल प्रहरीको मुख्यालयमा नक्सालमा कार्यरत ४ जना प्रहरीमा कोरोना देखिएको छ। मुख्यालयको सवारी शाखामा कार्यरत ४ प्रहरीमा कोरोना देखिएपछि उक्त शाखालाई सिल गरिएको छ। शाखालाई तत्कालको लागि अर्को स्थानामा सारिएको छ। संक्रमण हुनेमा हवल्दार र जवान रहेको प्रहरी स्रोतले जनायो।

'खुकुलोपनाले भाइरस फैलिन सक्छ'

‘भेन्टिलेटर र संघन उपचार कक्षको व्यवस्थापन महत्वपूर्ण त हो तर त्यसमा भन्दा क्वारेन्टिन सेन्टर, अक्सिजन, समुदायको शिक्षा र परिचालन, जनस्वास्थ्यमा सुशासन तथा तथ्यांक व्यवस्थापनमा ध्यान दिन जरुरी छ’

प्रदेश २ मा कोरोनाले लियो सात जनाको ज्यान

कोरोना भाइरस(कोभिड–१९) संक्रमणबाट महोत्तरी गाउँपालिका–३ मडही गाउँका ६४ वर्षीय पुरुषको मंगलबार राती उपचारको क्रममा मृत्यु भएको छ ।

कोरोनाका कारण नेपालमा एक चिनियाँको मृत्यु

कोरोना संक्रमणका कारण एक चिनिया नागरिकको मृत्यु भएको छ। उनको शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

कोरोनाविरुद्धको भ्याक्सिन विकासमा अक्सफोर्ड विश्वविद्यालयले पायो ठूलो सफलता

कोरोना भाइरसको भ्याक्सिनमा बेलायतको अक्सफोर्ड विश्वविद्यालयले ठूलो सफलता मिलेको बताएको छ। बीबीसीका अनुसार कोरोना भाइरसविरुद्ध अक्सफोर्ड युनिभर्सिटीले विकास गरेको खोप सुरक्षित रहेको तथा प्रतिरोधी क्षमतालाई सक्रिय तुल्याउन सक्ने देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्