२० वैशाख २०८१ बिहीबार
image/svg+xml

प्रदेश २ का लागि तीन नाम प्रस्ताव

पहिलो पटकको प्रयास असफल भएपछि प्रदेश २ को नाम अंकबाट अक्षरमा बदल्ने कसरत पुनः सुरु भएको छ। प्रदेशको राजधानीमा सत्ताधारी दल र माओवादी केन्द्रको एउटै नामको प्रस्ताव दर्ता भएको छ भने नेकपा एमाले र नेपाली कांग्रेसको फरकफरक नामको प्रस्ताव दर्ता भएको छ।

प्रदेश २ मा ५४ जना संक्रमित थपिए

प्रदेश २ मा ५४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। यस प्रदेशको प्रादेश प्रयोगशाला जनकपुर, जिल्ला अस्पताल सिरहा प्रयोगशाला, गौर अस्पताल रौतहट प्रयोगशाला र नारायणी अस्पताल वीरगन्ज प्रयोगशालामा गरिएको १२१ नमूना परीक्षण गर्दा ५४ जनामा कोरोना संक्रमण पुष्टि भए प्रदेश स्वास्थ्य निर्देशनालाय जनकपुरधामले जनाएको छ। यससँगै यस प्रदेशमा सक्रिय संक्रमितको संख्या ४०७ पुगेको छ।

प्रदेश २ः नाम र राजधानी टुंग्याउन प्रस्ताव माग

छ महिनापछि गत सोमबार बसेको प्रदेशसभा बैठकमा सत्ता र प्रतिपक्षी दलहरूको दबाबपछि प्रदेशसभा सचिवालयले प्रदेशको नाम र राजधानी तोक्ने प्रक्रिया अघि बढाएको छ। सचिवालयले प्रदेशसभा सदस्यहरुलाई एसएमएस गरी प्रदेशको नाम र राजधानीको प्रस्ताव माग गरेको छ।

कोरोना महामारीः फुलवारी मेलामा बेपरवाह भीड, प्रशासनको निर्देशन कागजमै सीमित

पोहोर भदौ महिनाको अन्तसम्म प्रदेश २ का ८ जिल्लामध्ये ५ जिल्ला कोरोनाको ‘हटस्पट’ थिए। आश्विनको अन्तमा सबै जिल्लाको ‘हटस्पट’ ट्याग हट्यो तर सिरहामा झुन्डिरह्यो। कारण थियो–सीमादेखि सहरसम्म बेपरवाह भीड।

प्रदेश २: प्रदेशसभामा प्रदेशको नामांकन र राजधानीकै चर्चा

छ महिनापछि बसेको प्रदेशसभाको बैठकमा माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साहले पोखेको पीडा हो यो। प्रदेश सरकारको समन्वय अभावले अनिश्चित बनेको प्रदेशको नामांकन र राजधानी मधेसी जनताको भावनाअनुसार नै हुने उनको भनाइ थियो।

माओवादी केन्द्र त्याग गरेका चार प्रदेश सांसदको पद खारेज हुँदै

माओवादी केन्द्र छाडेर नेकपा एमालेमा गएका प्रदेश २ का चार सांसदको पद आज खारेज हुँदैछ । आइतबारसम्म स्पष्टीकरणको जवाफ नआएपछि चारजना सांसदले दल त्याग गरेको सूचना माओवादी केन्द्रले प्रदेश सभा सचिवालयलाई पठाएको छ ।

प्रदेश २ मा एमाले विवाद: मण्डललाई हटाएर महतो

एमाले संसदीय दलको कार्यालयमा आइतबार बसेको बैठकको बहुमतले सत्यनारायण मण्डललाई दलको नेताबाट हटाएर शत्रुधन महतोलाई चयन गरेको हो। एमालेभित्रको विवाद यहाँ पनि देखिएको छ। मण्डल एमाले अध्यक्ष केपी ओली पक्षका हुन्।

प्रदेश २ राजनीतिः मण्डल 'आउट', महतो 'इन'

प्रदेश २ को नेकपा एमाले संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएर शत्रुधन महतोलाई चयन गरेको छ। नेकपा एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले बहुमतबाट नेता मण्डललाई हटाएर महतोलाई चयन गरेको हो।

प्रदेश २ः माओवादी केन्द्रको संसदीय दलको नेतामा भरत साह

प्रदेश २ मा नेकपा माओवादी केन्द्रले संसदीय दलको नेता चयन गरेको छ। पार्टी कार्यालयमा बसेको बैठकले दलको नेतामा भरत साहलाई चयन गरेको हो। यस्तै उपनेतामा जगत यादव, प्रमुख सचेतकमा दिलीप साह र सचेतकमा रुवि कर्ण चयन भएका छन्।

छ महिनापछि सोमबार बस्दै प्रदेश २ सभाको बैठक

प्रदेश २ मा करीब छ महिनापछि सोमबार प्रदेश २ सभाको बैठक बोलाइएको छ। प्रदेश सरकारले प्रदेशसभा छल्न खोजिरहेकामा छ महिनामा अनिवार्य बैठक बस्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण पाँचौँ अधिवेशन सुरु गर्न लागिएको बताइएको छ।

प्रदेश २: दुर्घटनामा मृत्युदर बढ्दो

दुर्घटना गराउने लाइसेन्सवाला चालकको हकमा सवारी ज्यान मुद्दा चल्दा लापरबाही नदेखिए धरौटीमा छुट्ने कानुनी व्यवस्था छ। बढ्दो दुर्घटनाको कारणबारे विभिन्न कोणबाट थरीथरीका विश्लेषणहरू बाहिर आइरहेका छन्। यसबारे प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले समेत कारण केलाएका छन्।

‘कोरोना बढे सम्हाल्न गाह्रो हुन्छ, केन्द्र सरकारले हामीले भनेको नटेर्ने सचिव पठाएको छ’ (अन्तवार्ता)

पछिल्लो समयचैत ५ गतेदेखि पुनः प्रदेश २ मा कोरोना संक्रमितको संख्यामा वृद्धि भइरहेको तथ्यांकले देखाउँछ। प्रदेशमा मंगलबार सक्रिय संक्रमितको संख्या ३४ पुगेको छ। भारतसँगको खुला सीमाना तथा नाता सम्बन्धका कारण सीमापारि फैलिएको कोरोना संक्रमणबाट प्रदेश उच्च जोखिममा छ। यस प्रदेशका आठ वटै जिल्लाको सीमाना भारतसँग जोडिएको छ।

विकास सुनाउनेभन्दा ल्याउनमा ध्यान जानुपर्छ

वीरगन्जका उद्यमी गणेशप्रसाद लाठ भर्खरै सम्पन्न अधिवेशनबाट उद्योग वाणिज्य संघ प्रदेश २ को अध्यक्ष चुनिएका छन्। उनी वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान कार्यकारी सदस्य पनि हुन्। व्यापारी र उद्योगी दुवै भूमिका रहेका उनले गणेश ट्रेडिङ कम्पनीमार्फत विभिन्न किसिमका मेसिनरी र अन्य समानको कारोबार गरिरहेका छन् भने कपडा उद्योग पनि चलाइरहेका छन्।

खानेपानी सपना राप्ती दुधौरा ‘डाइभर्सन’

प्रदेश २ का आठमध्ये सिँचाइ तथा खानेपानीको बढी समस्या भोगिरहेका दुई जिल्ला हुन्, बारा र पर्सा। यी दुई जिल्लाको खानेपानी समस्या समाधान गर्न प्रदेश सरकारले ‘राप्ती–दुधौरा डाइभर्सन’ को अवधारणा ल्याएको धेरै वर्ष भयो। आयोजना कहिले सुरु गर्ने अझै अन्योल छ। यस्तो अवस्थामा प्रदेश २ सरकारले चासो देखाउन सुरु गरेपछि दुई जिल्लाको खानेपानी समस्या समाधान हुने संकेत देखिएको छ।

अपराधीलाई कार्यकर्ताको नाममा बचाउने प्रयास भएका छन् : मन्त्री यादव (अन्तर्वार्ता)

प्रदेश २ मा पछिल्लो समय अपराधका घटना बढ्दो छन्। अपहरण, हत्या, बलात्कारका घटनाले यहाँको सामाज डराएको छ। प्रदेशमा अपराधको ग्राफ उकालो चढिरहँदा सरकार के गर्दैछ ? यसै विषयमा प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवसँग गरिएको कुराकानी :

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्