४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

एसिड आक्रमण गर्नेलाई कडा सजाय हुने कानुन ल्याउनुपर्छ : मुख्यमन्त्री

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एसिड आक्रण गर्नेलाई कानुन संशोधन गरेर सार्वजनिक कडा सजाय दिने व्यवस्था गर्नुपर्ने बताएका छन्। एसिड आक्राण गर्नेविरुद्ध कठोर कानुनको खाँचो औल्याउँदै मुख्यमन्त्री राउतले सार्वजनिकस्थलमा नै दण्डित गर्ने कानुन ल्याउनुपर्ने जिकिर गरेका हुन्।

संक्रमितको ग्राफ घट्दै दुई जिल्ला कोरोना शून्य

महानगर, प्रशासन र स्वास्थ्यकर्मीको कुशल प्रयासपछि बल्ल वीरगन्जमा संक्रमणको ग्राफ ओरालो लाग्न थाल्यो।वीरगन्जसँगै यस प्रदेशका हटस्पट जिल्लाहरू सिरहा र सप्तरीमा पनि कोरोना संक्रमित घट्न थाल्यो।सिरहा र सप्तरीमा त अहिले कोरोना संक्रमितको संख्या शून्यमै झरेको छ।

प्रदेश २ का प्रमुख झाको कार्यकक्षमा पृथ्वीनारायण शाहको तस्बिर

प्रदेश २ का प्रमुख राजेश झा (अहिराज) ले आफ्नो कार्यकक्षमा पृथ्वीनारायण शाहको तस्बिर राखेका छन्। राष्ट्रिय एकताको प्रतीकको रुपमा शाह भएको भन्दै उनले कार्यभार सम्हाल्ने क्रममा उनको तस्बिर कार्यकक्षमा राखेका हुन्।

प्रदेश प्रमुख–प्रदेश सरकारबीच सम्बन्धमा सकस

कात्तिक १८ गते प्रदेश २ प्रमुख नियुक्त भई कात्तिक २० गते पदभार ग्रहण गर्न जनकपुरधाम आइपुग्दा तिलक परियारलाई प्रदेश सरकारबाट भव्य स्वागत गरिएको थियो। मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरूले विमानस्थलमै पुगेर परियारलाई फूलमालाले स्वागत गरेका थिए।

प्रदेश २ : नवनियुक्त प्रदेश प्रमुख झा र प्रदेश सरकारबीच सम्बन्धको सकस !

प्रदेश सरकारले प्रदेश प्रमुखलाई विमानस्थलमा पहिलाका प्रदेश प्रमुखजस्तो स्वागत गरेको नदेखिएपछि मुख्य मन्त्री लालबावु राउत सोमबार बिहान मधेस भवनस्थित प्रदेश प्रमुखको कार्यकक्षमा भेटेर पुष्प गुच्छाबाट स्वागत गरेका छन्। तर, मुख्यमन्त्रीको सञ्चार सचिवालयले यसलाई स्वागत नभनेर भेटघाट भनेको छ।

रौतहटले जित्यो प्रदेश २ मेयर कपको उपाधि

प्रदेश २ मेयर कम एन्फा लिग फुटबल प्रतियोगिताको उपाधिमाथि रौतहटले कब्जा जमाएको छ। रौतहटको चन्द्रपुरस्थित शेरबहादुर दर्लामी खेल मैदानमा शुक्रबार भएको फाइनल खेलमा रौतहटले महोत्तरीमाथि २–१ को विजय हासिल गर्दै प्रदेश २ मेयर कपमाथि कब्जा जमाएको हो।

प्रदेश २ः प्रतिशोधको राजनीतिले प्रदेश प्रमुख परिवर्तन

प्रदेश २ मा दोस्रोपटक प्रदेश प्रमुख परिवर्तन भएको छ। गत कात्तिक २० गते सरकारले सातै प्रदेशका प्रमुखलाई पदमुक्त गर्दा प्रदेश २ मा रत्नेश्वरलाल कायस्थको ठाउँमा तिलक परियारलाई नियुक्त गरिएको थियो। मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६५ (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखबाट परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। उनको ठाउँमा राजेश झालाई नियुक्त गरिएको छ।

संघीयताको मर्ममा प्रहार गर्ने प्रयास भएको छ : तिलक परियार

प्रदेश नम्बर २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त भएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६५ (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। उनको ठाउँमा राजेश झालाई नियुक्त गरिएको छ।

मुर्झाउँदै मधेसी जनताको भरोसाको पालुवा

प्रदेश २ सरकार गठन भएको मंगलबार तीन वर्ष पूरा भएको छ। शून्यबाट काम सुरु गरेको सरकारले मुख्य मुद्दा प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाउन नसके पनि पूर्वाधार विकासका आधार तय भने गरेको छ। अति आवश्यक कानुन निर्माण गरेर विकासको गतिमा अघि बढ्न थालेको संकेत देखिँदै छ।

प्रदेश २ सरकारको तीन वर्ष : के के काम भए ?

प्रदेश २ सरकार गठन भएको मंगलबार तीन वर्ष पूरा भएको छ। ०७४ फागुन ३ गते मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा प्रदेश २ सरकार गठन भएको थियो। तीन वर्ष पूरा गरेको अवसरमा प्रदेश सरकार मुख्यमन्त्री निवास मधेस भवनमा पत्रकार सम्मेलन आयोजना गरी प्रगतीको फेहरिस्त सार्वजनिक गरेको छ।

संघमा नआउँदै प्रदेशमा निजामती सेवा ऐन लागु

संघमा नआउँदै प्रदेश २ मा निजामती सेवा ऐन लागु भएको छ। प्रदेश २ का प्रदेश प्रमुखले बिहीबार प्रदेश निजामती सेवा ऐन, २०७७ लाई प्रमाणीकरण गरेपछि उक्त ऐन कार्यान्वयनमा आएको मुख्यमन्त्री कार्यालयका प्रवक्ता भूपाल बरालले बताए।

मुख्यमन्त्री कार्यालयको स्कारपियोको ठक्करबाट टेम्पो चालकको मृत्यु

प्रदेश २ मा सञ्चालित मुख्यमन्त्री स्वच्छता अभियानको प्रदेश २–०२००१ झ ००५७ नम्बरको स्कारपियो गाडीले स१ह ३०४३ नम्बरको टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालक सिरहाको कल्याणपुर नगरपालिलका–१२ निवासी ४० वर्षीय जयप्रकाश साहको मृत्यु भएको हो।

आमहडतालको क्रममा प्रदेश २ मा ४१ जना पक्राउ

नेकपा दाहाल–नेपाल समूहको आमहडतालको क्रममा लहानमा एक ट्रकमा तोडफोड भएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार को १ ख ७६५२ नम्वरको मालवाहक ट्रकमा बन्दकर्ताले तोडफोड गरेका छन।

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त, उपकुलपतिमा डा.रामकेवल साह

प्रदेश सरकारले स्थापना गरेको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीहरु नियुक्त भएका छन। आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा पदाधिकारीहरुलाई नियुक्ति गरियो।

प्रदेश २ : नेकपा संसदीय दलको नेताबाट सत्यनारायण 'आउट' शत्रुधन 'इन'

प्रदेश २ को नेकपा संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएर शत्रुधन महतोलाई चयन गरेको छ। नेकपा(दाहाल–नेपाल) पक्षका १९ जना सांसदले संसदीय दलका नेताबाट मण्डललाई हटाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्