१० मंसिर २०८१ सोमबार
image/svg+xml

नेपाली युवा भारतको चलचित्र नगरी मुम्बईमा प्रतिस्पर्धा गर्दै

विराटनगर महानगरपालिका–१० निवासी मोहनकुमार रौनियारका ३० वर्षीय छोरा अमित रौनियार भारतको चलचित्र नगरी मुम्बईमा आफ्नो स्थान बनाउन सफल भएका छन्।

सुशान्तको मृत्युपछि पहिलोपटक ‘चेहरे’ को ट्रेलरमा देखिइन् रिया चक्रवर्ती

बलिउड चलचित्र ‘चेहरे’ मा रिया चक्रवर्तीको बारेमा एक सस्पेन्स बनिरहेको थियो, जुन अब तोडिएको छ। ट्रेलरको रिलीजसँगै रिया पनि यस चलचित्रको हिस्सा हुन भन्ने कुरा पुष्टि भएको छ।

संस्थापक अध्यक्ष सिग्देललाई चलचित्र पत्रकारिता पुरस्कार

चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देललाई जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ ।

नायिका स्वस्तिमा खड्का साउथ इन्डियन चलचित्र ‘थिरिमाली’ मा अनुबन्धित

बिहीवार चलचित्र निर्माण पक्ष र स्वस्तिमाबीच सम्झौता भएको स्वस्तिमाले सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी हुन्। उनी चलचित्रको सहायक भूमिकामा अनुबन्धित भएकी हुन्। राजिव सेट्ठीले निर्देशन गर्ने चलचित्रको ७० प्रतिशत नेपालमा र बाँकी भागको छायांकन भारतमा हुने छ।

जोन अब्राहम र इमरान हाशमीको ‘मुम्बई सागा’ को टिजर सार्वजनिक

जोन अब्राहम र इमरान हाशमीको मुख्य भमिका रहेको ‘मुम्बई सागा’मा जोन अब्राहम अन्डरवर्ल्ड डनको भुमिकामा देखिएका छन् भने इमरान पुलिस अफिसरको भुमिकामा देखिएका छन्।

'सबैलाई भाइरल हुने भूत सवार छ'

नेपाली चलचित्र उद्योगकी सुन्दर अभिनेत्री मध्येकी एक हुन्, वर्षा शिवाकोटी। नाइँ नभन्नु ल–२ बाट चलचित्र नगरीमा पाइला टेकेकी वर्षाले पशुपतिप्रसाद, बाजागाजा, वीरविक्रम–२ लप्पनछप्पन, पुरानो बुलेट, जय शम्भो, भैरे, लगायतका चलचित्रमा अभिनय गरेकी छिन्। पछिल्लो समय वर्षाको परदेशी–२, मनसँग मन र लक्का जवान फिल्महरु प्रदर्शन हुन बाँकी छन्।

हाम्रो सिनेमाले समाज अध्ययन गरेन : मनोज पण्डित (अन्तर्वार्ता)

मनोज पण्डितलाई नेपाली सिनेमाका स्पष्ट वक्ता र गम्भीर चिन्तक भन्दा फरक नपर्ला। दुई दशकदेखि नेपाली सिनेमामा सक्रिय पण्डितका अहिलेसम्म ‘लक्ष्य’, 'बधशाला’, ‘दासढुंगा’, ‘खाग’, लघु चलचित्र ‘छायाँ’ र वृत्तचित्र ‘ग्रेटर नेपाल’ निर्देशन गरिसकेका छन्। पछिल्लो समय उनको चलचित्र ‘एक’ रिलिजको तयारीमा छ। कुनै समय चलचित्र समीक्षकसमेत रहेका पण्डितले ‘सिनेमा मन्थन’ पुस्तक बजार ल्याइसकेका छन्।

शिव श्रेष्ठको ‘एउटा यस्तो प्रेम कहानी’

विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ पछि पहिलोपटक नयाँ नेपाली चलचित्र प्रदर्शन हुने भएको छ। झण्डै चार दशक नेपाली चलचित्र क्षेत्रमा नायकको भूमिकामा रहेका शिव श्रेष्ठको निर्माता रहेको ‘एउटा यस्तो प्रेम कहानी’ चलचित्र आगामी माघ १ गतेदेखि प्रदर्शन हुन लागेको हो।

बेइजिङमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शनिबार सुरू भएको छ । चिनियाँ सञ्चार समूह र बेइजिङ नगर जन सरकारको संयोजकत्वमा बेइजिङको ह्वाइरौ जिल्लामा अवस्थित येन छी ताल अन्तर्राष्ट्रिय सम्मेलन प्रदर्शनी केन्द्रमा महोत्सवको आयोजना गरिएको हो ।

‘रजतपट’ मा सहभागी नहुन चलचित्र क्षेत्रका संगठनको आग्रह

कार्यक्रम सञ्चालक सुवेदीले कार्यक्रममा नेपाली नायिकालाई लक्ष्य गरेर अशिष्ट शब्द प्रयोग गरेको विरोधमा चलचित्र तथा कलाकारका सात संगठन एकजुट भएका हुन् ।

अन्ततः प्रकाश सुवेदीले हात जोड्दै माफी मागे

आइतबारसाँझ सुवेदीले टेलिभिजनमै ३ मिनेट ४९ सेकेन्डको भिडियो बनाएर आफूबाट गल्ती भएको स्वीकार गर्दै माफी मागेका हुन् ।

लकडाउनमै बने दर्जनाैं लघु चलचित्र

कोभिड–१९ को महामारी बढ्दै गएको छ । चैत ११ गतेदेखि सुरु गरिएको लकडाउन साउनको ६ गते पूर्ण रुपमा अन्त्य भयो । अन्त्य भएपनि केही क्षेत्र भने अझै खुल्न बाँकी छ ।

फिल्म बन्यो तर रिलिज गर्न कठिनाइ

नेपाली फिल्मी क्षेत्रमा व्यस्त हुँदै आएका पोखरेली चलचित्रकर्मी माओत्से गुरुङ यतिबेला घरगाममै व्यस्त छन् । बनाएको चलचित्र थन्किएको छ ।

आदिकविको शिखर कटेरी

भानुभक्त चलचित्र निर्माणका क्रममा धर्मशाला क्षेत्रमा रहेको भग्नावशेषयुक्त भानुको पुरानो घरको जग पहिल्याई पुरानै शैलीको भानुभक्तको घर बनाई सुटिङ गरियो। त्यसको दुई–तीन वर्षपछि आगलागीले सो घर पनि ध्वस्त भयो।

जिफानद्वारा तमु लघु चलचित्र बनाउने तयारी

कोभिड–१९ को महामारीकै समयमा गुरुङ फिल्म एशोसियसन नेपाल(जिफान)ले चलचित्र निर्माण गर्ने जनाएको छ । जिफानका अध्यक्ष भोजबहादुर गुरुङ र महासचिव मनोज गुरुङले लघु चलचित्र निर्माणको पहल शुरुवात गरेको भन्दै व्यक्ति व्यक्तित्व र संघसंस्थालाई आर्थिक सहयोगको निम्ति आग्रह गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्