coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

नायिका स्वस्तिमा खड्का साउथ इन्डियन चलचित्र ‘थिरिमाली’ मा अनुबन्धित

नेपाली चलचित्रकी सर्वाधिक लोकप्रिय नायिका स्वस्तिमा खड्का साउथ इन्डियन चलचित्र 'थिरिमाली’ मा अनुबन्धित भएकी छिन्।  

गत बिहीवार चलचित्र निर्माण पक्ष र स्वस्तिमाबीच सम्झौता भएको स्वस्तिमाले सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी हुन्। उनी चलचित्रको सहायक भूमिकामा अनुबन्धित भएकी हुन्। राजिव सेट्ठीले निर्देशन गर्ने चलचित्रको ७० प्रतिशत नेपालमा र बाँकी भागको छायांकन भारतमा हुने छ।

चलचित्र निर्माणमा दक्षिण भारतीय कम्पनी एन्जल मारिया सिनेमाज्सँग नेपालको तर्फबाट अनन्या फिल्मसले सहकार्य गरेको छ। चलचित्रमा भारतीय कलाकारहरु विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्मासँगै नेपाली कलाकार माओत्से गुरुङको पनि अभिनय रहने बताइएको छ।

थिरिमाली’ हिन्दी र नेपाली सँगै दक्षिण भारतका विभिन्न भाषामा हुनेछ। चैतबाट सुरु हुने चलचित्रको छायाँकन काठमाडौं र मुस्ताङमा हुने जनाइएको छ।

प्रकाशित: १६ फाल्गुन २०७७ ०८:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App