८ वैशाख २०८१ शनिबार
कला

लकडाउनमै बने दर्जनाैं लघु चलचित्र

कोभिड–१९ को महामारी बढ्दै गएको छ । चैत ११ गतेदेखि सुरु गरिएको लकडाउन साउनको ६ गते पूर्ण रुपमा अन्त्य भयो । अन्त्य भएपनि केही क्षेत्र भने अझै खुल्न बाँकी छ ।  

जेठ ३२ गतेसम्म सवारी साधन अत्यावश्यक बाहेक सबै ठप्पै थिए । चैत र बैशाखमा लकडाउनले जनजीवन सकसपूर्ण बन्दै गएको थियो । भोकभोकै मरिने हो कि भन्ने चिन्ता र पिरलो थपिएको थियो । आम्दानी शून्य रह्यो । कमाउने ठाउँ थिएन । बचाई राखेको दुईचार रुपैयाँ सिद्धियो । न रोजगारीको अवसर न आम्दानीको स्रोत । भान्सा रित्तियो । मानसिक तनाबले जकडियो । समाजमा यस्ता व्याप्त समस्या थिए । लकडाउनको समयमा लकडाउनले विभिन्न तह र तप्कामा पारेको प्रभाव एवं सामाजिक मनोविज्ञानलाई लघुचलचित्र मार्फत उजागार गरिएको छ ।

लकडाउनले विभिन्न तह र तप्कामा पारेको सामाजिक मनोविज्ञान सम्बन्धी कथाबस्तु  

पोखरामा विभिन्न कम्पनीले लकडाउनमै लघु चलचित्र निर्माण गरियो । चलचित्रले समाजमा पारेको प्रत्यक्ष प्रभावलाई उजागार गरिएको थियो । आम्दानी नहुदाँको पीडा, खाद्यान्न नहुदाँको पीडा, मजदुरको पीडा लगायत विभिन्न क्षेत्रमा परेको प्रभावको विषयबस्तुलाई समेटिएको थियो । मजदुरको घरमा खाद्यान्नको अभाव हुँदा घरेबेटीले नै भाडा नदिएको भन्दै घरबाट निकालिदिएको तितो यथार्थलाई समेत चलचित्रमा समेटिएको थियो । सामाजिक परिवेशलाई यथार्थपरक ढंगले प्रस्तुत गरिएको छ ।

नेपाली समाजमा घरभाडा नदिएकै कारण कतिपय ठाउँमा घरबाट निकालिएको घटना सञ्चार माध्यममा नआएका भने होइनन् । ‘नेपाली समाजमा लकडाउनले पारेको प्रभावको विषयमा जीवन्तता देखाउन लघु चलचित्र बनाइएको थियो । जसले प्रत्यक्ष रुपमा समाज रुपान्तरण गर्न सहज बनायो’ कलाकार रेम विकले भने–‘समाजकै विषय बस्तुलाई समेटिएकोले लघु चलचित्रप्रति ध्यान खिचिएको छ ।’ लकडाउनमा भएको समस्यालाई सहजीकरण गर्न राहत बाँडिएको कथाबस्तुलाई समेत समेटिएको उनको भनाई थियो । सञ्चारकर्मीले समेत लघुचलचित्र निर्माण गरेका छन् । ‘राहत पत्रकारको’ नामक लघु चलचित्र समेत निर्माण गरिएको छ । लकडाउनकै समयमा पत्रकारले भोगेको पीडा र पत्रकारलाई सुनाउने व्यथालाई समेत कथाबस्तुमा समेटिएको छ ।

लकडाउनकै बेला एक दजर्न भन्दा बढी लघु चलचित्र पोखरामा बने । नेत्र इन्टरटेन्मेन्ट प्रालिले नै ९ वटा लघुचलचित्र निर्माण गरेको छ । लकडाउन, बसाई, सत्कर्म, राहत, दशा, नाम्लो, घर जस्ता लघुचलचित्र प्रदर्शनमा आईसकेका छन् । घेरो र म नामक लघु चलचित्र रिलिजको संघारमा छ । ‘लकडाउनमै समाजमा परेको प्रत्यक्ष प्रभावलाई चलचित्रको विषयबस्तु बनाएर तयार गरियो’ नेत्र इन्टरटेन्मेन्ट प्रालिका निर्देशक नेत्र गुरुङले भने–‘समाजकै कुरालाई उठान गरिएकोले सकारात्मक प्रभाव परेको छ ।’  

मजदुरको पीडालाई समेटेर बनाइएको ‘बसाई’ यथार्थपरक छ । लकडाउनमै खाद्यान्नको समस्याले एकातिर थिलिँदा अर्कोतिर घरबेटीले घरभाडा माग्दै बनाएको प्रताडित घटनाले घर छोड्न बाध्य बनाएको परिवेशलाई कथामा समेटिएको छ । त्यसपछि मजदुरको बसाई कहाँ र कसरी हुन्छ भन्ने मर्मस्पर्शी कथा लघुचलचित्र मार्फत देखाइएको छ ।

अर्को तिर कोरोनाको त्रास व्याप्त छ । त्रासकै बीचमा बसेर काम गर्नुपर्ने पीडा स्वास्थ्यकर्मीको उस्तै छ । पोखरा महानगरपालिका वडा नं ४ का वडा सदस्य सुवर्ण केसीले स्वास्थ्यकर्मीको व्यथालाई उजागार गर्दै ‘फ्रन्ट लाईन’ नामक लघु चलचित्र तयार गरे । ‘फ्रन्ट लाईनमा बसेर सेवा सुविधा उपलब्ध गराउनुपर्ने सर्वसाधारणको व्यथालाई कथाबस्तुमा समेट्दै उनीहरुलाई घृणा र हेपाईको दृष्टिकोणले हेर्ने नहुने समेटिएको छ ।’ वडा सदस्य केसीको भनाई थियो । समय नामक अर्को लघुचलचित्र पनि उनलै बनाए । जागिर हुँदा समयमै तलब नआउँदाको पीडाले निम्त्याएको समस्यालाई कथामा समेटिएको छ ।

प्रकाशित: १८ श्रावण २०७७ ०७:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App