१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

‘रजतपट’ मा सहभागी नहुन चलचित्र क्षेत्रका संगठनको आग्रह

नेपाली चलचित्र तथा कलाकारका सात संगठनले अबदेखि प्रकाश सुवेदीले सञ्चालन गर्ने ‘रजतपट’ कार्यक्रममा सहभागी नहुन चलचित्रकर्मीलाई आह्वान गरेका छन् ।  

कार्यक्रम सञ्चालक सुवेदीले कार्यक्रममा नेपाली नायिकालाई लक्ष्य गरेर अशिष्ट शब्द प्रयोग गरेको विरोधमा चलचित्र तथा कलाकारका सात संगठन एकजुट भएका हुन् ।  

एपी वान टेलिभिजनबाट हेरक बिहीबार सञ्चालन हुने ‘रजतपट’ कार्यक्रममा केही दिनअिघ सञ्चालक सुवेदीले नायिका पूजा शर्मालाई लक्ष्य गरेर ‘दाह्रा’ शब्द प्रयोग गरेका थिए । त्यसको व्यापक विरोध भएको थियो भने नायिका शर्माले चलचित्रसम्बद्ध संघ संगठनमा उजुरीसमेत दिएकी थिइन् ।  

लगत्तै पत्रकार सुवेदीले त्यस्तो शब्द प्रयोग गर्नु आफ्नो ठूलाे गल्ती भएको भन्दै टेलिभिजनमै भिडियो बनाएर हात जोडेर माफी मागेका थिए । 

 

यो पनि पढ्नुहोस्

अन्ततः प्रकाश सुवेदीले हात जोड्दै माफी मागे

 

तर उनमा आत्मग्लानी र पश्चातापको कुनै भाव नदेखिएको भन्दै त्यो माफी जस्तो नै नरहेको प्रतिक्रिया नायिका पूजा शर्माले दिएकी थिइन् ।  

चलचित्र पत्रकार सुवेदीले प्रयोग गरेको त्यही ‘तुच्छ’ शब्दको विरोध गर्दै चलचित्र कलाकार संघ, नेपाल चलचित्र संघ, नेपाल चलचित्र निर्माता संघ, चलचित्र निर्देशक समाज, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र द्वन्द् संघ र चलचित्र नृत्य संघले संयुक्त रूपमा विज्ञप्ति जारी गरेर उनको कार्यक्रम ‘रजतपट’ मा सहभागी नहुन सम्पूर्ण चलचित्र कलाकारलाई अनुरोध गरेका हुन् ।  

‘अभिव्यक्ति स्वतन्त्रताका नाममा कसैको मानमर्दन गर्नु, शारीरिक बनावटको अशिष्ट आक्षेप लगाउनु, व्यक्तिगत चरित्र हत्या गर्नु, कसैको पनि अधिकार छैन, यस किसिमको हर्कत निन्दनीय मात्र होइन, अक्षम्य पनि हुने हाम्रो ठम्याइ छ,’ उल्लिखित सात संगठनका प्रमुखले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘सबै चलचित्रकर्मीहरूले रजतपट र ग्लामर गफ कार्यक्रममा प्रस्तुत विषयबाट उब्जिएको विवाद वार्ता वा कानुनमार्फत नुल्झिएसम्म कुनै पनि सहभागिता नजाउनु हुन सम्पूर्ण चलचित्रकर्मीहरूलाई अनुरोध गर्दछौं।’

प्रकाशित: ३२ श्रावण २०७७ ०९:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App