१६ चैत्र २०८० शुक्रबार
कला

अन्ततः प्रकाश सुवेदीले हात जोड्दै माफी मागे

टेलिभिजन कार्यक्रम ‘रजतपट’का सञ्चालक प्रकाश सुवेदीले अन्ततः माफी मागेका छन् ।  

गत बिहीबारको कार्यक्रममा नायिका पूजा शर्मालाई लक्ष्य गरी ‘दारा भएको नायिका’ शब्द प्रयोग गरेको भन्दै पत्रकार सुवेदीविरुद्ध व्यापक आलोचना भइरहेको छ भने अभिनेत्री शर्माले आइतबार चलचित्र कलाकार संघ, विकास बोर्डलगायत संघ/संस्थामा उनीविरुद्ध उजुरीसमेत दर्ता गराइसकेकी छन् ।  

लगत्तै आइतबार साँझ सुवेदीले टेलिभिजनमै ३ मिनेट ४९ सेकेन्डको भिडियो बनाएर आफूबाट गल्ती भएको स्वीकार गर्दै माफी मागेका हुन् । तर त्यो शब्द कसैप्रति लक्षित नभको र पर्तिकात्कक रुपमा  प्रयोग गरेको उनले दाबी छ ।  

‘एक पटक होइन सयपटक भन्छु, सय पटकले पनि यहाँहरूलाई चित्त बुझ्दैन भने हजार पटक भन्छु, त्यत्तिले पनि पुग्दैन भने लाख पटक भन्छु गल्ती भएकै हो,’ उनले भिडियोमा भनेका छन्, ‘म चुकेकै हो, मैले माफी माग्नैपर्छ, आगे यहाँहरूकै मर्जी।’

आइन्दा शब्द चयन गर्दा निकै विचार पुर्याउने पनि उनले बताएका छन् । साथै उनले यस्ता (दारे, काले...) शब्द चलचित्र क्षेत्रमा प्रयोग भइरहने शब्द भएकाले आफूलाई पनि त्यसैको प्रभाव परेको भन्दै चलचित्र जगतलाई नै दोषी देखाउने प्रयास पनि गरेका छन् ।  

‘जतिले आफ्ना विचारहरु राख्नुभएको छ । ती सबै आफ्नो लागि आशीर्वाद हुन्,’ सुवेदीले भिडियोमा भनेका छन् ‘आफूलाई सच्याउने मौका दिएकामा धन्यबाद । जिउँदैमा श्रदाञ्जलि सुन्न पाउने गौरव पन मलाई प्राप्त भएको छ । लागेको छ ।’  

प्रकाशित: २६ श्रावण २०७७ ०९:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App