coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

फिल्म बन्यो तर रिलिज गर्न कठिनाइ

प्रदर्शनको तयारीमा रहेको चलचचित्र दयारानी । कोभिड–१९ को महामारीकै कारण लामो समयदेखि हलहरु बन्द छन् । चलचित्र क्षेत्र ठप्पै छ । तस्बिर : नागरिक

नेपाली फिल्मी क्षेत्रमा व्यस्त हुँदै आएका पोखरेली चलचित्रकर्मी माओत्से गुरुङ यतिबेला घरगाममै व्यस्त छन् । बनाएको चलचित्र थन्किएको छ । चलचित्र प्रदर्शन र रिलिज गर्ने दिन कुर्दाकुर्दै चलचित्र निर्माता समेत रहेका गुरुङको दिनचर्या घरसँगै रहेको करेसाबारीमा बित्छ । उनी भन्छन्, ‘चलचित्र क्षेत्र पूर्ण रुपमा ठप्पै छ । त्यसैले दिन करेसाबारी हेर्दै, गोड्दैमा बित्छ ।’ आफैं पनि चलचित्रको विभिन्न भूमिका देखिने गुरुङको घरायसी कामकाजमै दिन कट्छ ।

उनको भनाईमा मानव जीवनको अभिन्न पाटो मनोरन्जन भने ठप्पै छ । बनेका चलचित्र हलमा प्रदर्शन हुनै सकेका छैनन् । दर्शकले पनि मनोरन्जन लिन चलचित्र हेर्न हलसम्म पुग्नसक्ने अवस्था छैन । बनाइएको चलचित्र दर्शकसम्म पुर्‍याउन नपाउँदा मानसिक तनाव एकातिर छ । मानसिक तनाव कम गर्न यतिबेला नेपाली चलचित्रका पोखरेली हस्ती गुरुङ भने करेसाबारीमा दिन बिताउन थालेको पनि चार महिना बढी भईसक्यो । ‘बनेको फिल्म हलमा प्रदर्शन गर्न पाइएको छैन । मिति तय गरियो । तर लकडाउनले प्रदर्शन रोकियो’ दयारानी फिल्मका निर्माता गुरुङले भने, ‘यो महामारीको अन्त्य नहुँदासम्म चलचित्र हलमा प्रदर्शन गर्न गाह्रो देखिएको छ ।’ उनको भनाई अनुसार आफूले बनाएको चलचित्र दयारानी रिलिज गर्न सकिएको छैन ।

पोखरा र गुरुङ समुदायको बस्ती रहेको कास्कीको पुरानो गाउँ याङजाकोटमा छायाँकन गरिएको चलचिल दयारानीलाई रिलिज गर्ने योजना बुन्दाबुन्दै गुरुङले साढे चार महिना बिताए । भन्छन्, ‘अझै कति समय यसरी नै बस्नुपर्ने हो । यकिन छैन । लकडाउन खुकुलो भएको छ तर चलचित्र छायाँकन र हलमा दर्शक आउने दिनको प्रतीक्षा गर्नुपर्छ ।’ उनको बुझाई अनुसार चलचित्रको छायाँकन र दर्शक हलसम्म आउने अवस्था महामारीको अन्त्य नै हो । उनका अनुसार हलमा दर्शकको संख्या आधा राखेर वा सामाजिक दूरी कायम गराउने भन्ने विषयमा छलफल पनि भईरहेको छ । ‘चलचित्र निर्माता, वितरक, हल सञ्चालक कलाकर्मीसँग कसरी देखाउन सकिन्छ भनेर बसेर छलफल गरी निचोड निकाल्नुपर्छ ।’ उनको भनाई थियो ।

चलचित्र क्षेत्रलाई सामान्यतय चलायमान बनाउन हल मात्रै खोलेर नहुने उनको भनाई छ । ‘दर्शक ढुक्क भएर चलचित्र हेर्ने अवस्था नभईन्जेल चलचित्र (मनोरन्जन क्षेत्र) क्षेत्र चलायमान हुने अवस्था देखिदैन् ।’ उनको भनाई थियो । चलचित्रकर्मी निर्धक्क भएर छायाँकनमा फर्किनुपर्छ । हलमा दर्शकले पनि ढुक्क भएर हेर्ने वातावरण बन्नुपर्छ । मानसिक त्रसित हुँदै हलसम्म दर्शक पुग्ने अवस्था रहँदासम्म चलचित्र चलायमानको अबस्थामा नफर्किने उनको बुझाई छ । माओत्से गुरुङ फिल्मस प्रा.लिको व्यानरमा बनेको चलचित्र दयारानीमा दयाहाङ, डिया पुन, बुद्धि तामाङ, विजय बराल, नयन गुरुङ, पुष्कर गुरुङ लगायतका कलाकारले अभियन गरेका छन् ।

हल पनि तत्काल खुल्ने अवस्थामा छैनन् । सबैभन्दा ठूलो स्वास्थ्य हो । स्वास्थ्यप्रतिको सचेतता अपनाउनु पर्छ । हल खुलाउँदा अझ जोखिम बढ्ने हो कि भन्ने पिर अर्कोतिर छ । ‘सरकारले हल चलाउनोस भनेर मात्रै हुदैन ’ हल सञ्चालक उत्तम द्वा भन्छन्, ‘निर्माता र वितरणले फिल्म दिनुपर्छ ।’ निर्माता र वितरकले फिल्म नदिएसम्म हल खोलेर मात्रै अर्थ नराख्ने उनले सुनाए । उनको भनाई अनुसार निर्माता र वितरक बीच सामूहिक समझदारी हुनु जरुरी छ ।

प्रकाशित: १६ श्रावण २०७७ ०७:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App