पिसीआर परीक्षण नगरी जिल्ला भित्रिएका दुई स्वास्थ्यकर्मी प्रहरी नियन्त्रणमा
जिल्ला बाहिरदेखि हवाईजहाजमार्फत सिमकोट विमानस्थल पुगेका दुई स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला बाहिरदेखि हवाईजहाजमार्फत सिमकोट विमानस्थल पुगेका दुई स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कर्णाली प्रदेश सरकारले रुकुम पश्चिमको चौरजहारी प्रयोगशालामा कोभिड–१९ को परीक्षणका लागि भनेर पठाएको किटले काम गर्न सकेको छैन। प्रदेश अन्र्तगतको स्वास्थ्य सेवा निर्देशनालयले पिसीआर विधिबाट पाँच सय जनाको स्वाब परीक्षण गर्न सक्ने किट पठाएकोमा सो किटले काम नगरेको चौरजहारी प्रयोगशालाले जनाएको छ।
चन्द्रागिरि नगरपालिकाले पाँच हजार व्यक्तिको पिसीआर परीक्षण गर्ने भएको छ। काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्धारमा रहेको चन्द्रागिरिले नगरपालिकाभित्रका पाँच हजार व्यक्तिको पिसीआर परीक्षण गर्न लागेको हो।
कर्णालीमा हालसम्म ४२ हजार एक सय ४१ जनाको कोभिड–१९ अर्थात् कोरोना परीक्षण गरिएको छ । काम विशेष र रोजगारीका लागि प्रदेश बाहिर, दोस्रो तथा तेस्रो मुलुकमा गएकाको कोरोना परीक्षण गरिएको हो ।
बुटवल १३ बेलबासका २७ वर्षे युवक साउन २ गते साउदी अरवबाट नेपाल आए । १४ दिन क्वारेन्टिनमा बसेर पिसीआर गरेपछि घर जाने योजना सहित आएका उनलाई बुटवल उपमहानगरले क्वारेन्टिनमा राख्न मानेन । पिसीआर वा आरडिटि टेष्ट पनि गरिदिएन । त्यसपछि उनी सरासर घर गए ।
शुक्रबार रोल्पामा १३ जना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा रोल्पा नगरपालिका वडा न. ४ मा एक जना र वडा न. १० मा १२ जना गरि १३ जनामा संक्रमण पुष्टी भएको हो ।
रसुवाको नौकुण्ड गाउँपालिकाका नौ जनाले कोरोना जितेका छन् । यही असार १३ गते शनिबार कोरोना पोजेटिभ देखिएका उनीहरूको पछिल्लो पटक परीक्षण गर्दा नेगेटिभ देखिएको हो ।
मुलुकमै सबैभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ का सबै क्वारेन्टिन सर्वसाधरणले भरीभराउ छन् । यहाँका क्वारेन्टिनहरूमा अधिकांश भारतबाट आएका हजारौँ नेपालीहरू छन् । आरडिटी परीक्षणमा अधिकांशको रिपोर्ट नेगेटिभ आइरहेपनि पिसिआर परीक्षणमा संक्रमणमा पोजेटिभ देखिएर संख्या बढ्दो छ ।
बैतडीको शिवनाथ गाउँपालिकाका २१ जना कोरोना संक्रमण भेटिए । जेठ २३ स्वाब संकलन गरी पिसिआर परीक्षण गर्न धनगढी पठाइयो । सेती प्रादेशिक अस्पतालले १० पछि कोरोना पोजिटिभ भएको पुष्टि गर्यो । स्वाब संकलन गरी एक हप्ताको लागि होम क्वारेन्टिनमा बस्न भनियो । रिपोर्ट आउँदासम्म होम क्वारेन्टिन अवधि पार गरी संक्रमित समुदायमा घुलमिल भइसकेका थिए ।
जिल्लाको बूढीगङ्गा नगरपालिकाले पिसीआर जाँच मेसिन खरिदका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
कोरोना महामारी नियन्त्रणका लागि मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको निर्देशक समितिले प्रदेशमा थप चार पिसीआर मेसिन खरिद गर्ने निर्णय गरेको छ।
जिल्लाको पहिलो कोरोना संक्रमित ब्यक्तिको दोस्रो परीक्षण पोजेटिभ देखिएको छ । जिल्लाको मालिका गाउँपालिका–४ घर भएका ३० वर्षीय कोरोना संक्रमित पुरुषको दोस्रो पटक गरिएको परीक्षणमा पनि पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए ।
पञ्चपुरी–¬१, का २० वर्षीय युवक भारतमा रोजगारी गुमेपछि जेठको पहिलो साता स्वदेश फर्किए। हजार माइल यात्रा गरेर आएका उनी कोरोनाको जोखिम न्यूनीकरण गर्न गाउँमै बनाएको क्वारेन्टिनमा बसे। १५ दिन क्वारेन्टिनको बसाइँ पछि आरडीटी रिपोर्ट नेगेटिभ आउँदा खुसी साथ घर फर्किए। सुखी साथ परिवारसँग सँगै बस्ने उनको यात्रा घर नजिकै सकियो। मृत्युपछि कोरोना परीक्षण गर्दा उनीमा पोजेटिभ पुष्टि भयो।
जुम्लाको कर्णाली प्रविधिक शिक्षालयको एकीकृत क्वारेन्टिनमा बसेका ४५ जनाको पिसीआर विधिबाट कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपश्चात् घर पठाइएको छ।
न्यूनतम मापदण्ड समेत पुरा नगरेका क्वारेन्टिनबाटै कोरोना संक्रमण फैलन सक्ने चेतावनी जनस्वास्थ्य विज्ञहरुले दिइरहेका छन् । रुपन्देहीमा पनि क्वारेन्टिन सुधारमा बेलैमा ध्यान नदिए मर्चवार क्षेत्रले नरैनापुरकै नियती भोग्नु पर्ने चेतावनी जनस्वास्थ्य विज्ञहरुले दिइरहेकै बेला यहाँको एउटा गाउँपालिकाले पिसीआर रिपोर्ट नआउदै संक्रमितलाई घर पठाइ दिएको घटना बाहिरीएको छ ।