१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रसुवाको नौकुण्डका नौजनाले कोरोना जिते

रसुवाको नौकुण्ड गाउँपालिकाका नौ जनाले कोरोना जितेका छन् । यही असार १३ गते शनिबार कोरोना पोजेटिभ देखिएका उनीहरूको पछिल्लो पटक परीक्षण गर्दा नेगेटिभ देखिएको हो । गाउँपालिकाकी उपाध्यक्ष सिर्जना लामाले क्वान्टिनमा राखिएका उनीहरूलाई आइतबार घर पठाउने तयारी भएको बताइन् । ‘हाम्रो गाउँपालिका अहिले कोरोना मुक्त भएको छ’, उनले भनिन्, ‘कोरोना मुक्त भएपनि सतर्कता अपनाउन भने आवश्यक छ ।’

अघिल्लो शनिबार ८ जना महिला र एक जना पुरुष गरी ९ जनामा कोरोना देखिएको थियो । कुवेत तथा भारतबाट आएर क्वारेन्टिनमा बसिरहेका उनीहरूलाई कोरोना पोजेटिभ अर्थात कोरोना भएको रिपोर्ट आएको थियोे । उनीहरूको बिहीबार १४ दिन पुगेको भएपनि रिपोर्ट नआएपछि क्वारेन्टिनमा नै राखिएको थियो ।  

जिल्लामा हालसम्म १ सय ८ जनाको आरटी–पिसिआर गरिएकोमा १० जनाको कोरोना रिपोर्ट पोजेटिभ अर्थात कोरोना भएको आएको थियो । स्वास्थ्य कार्यालय रसुवाका अनुसार १७ जनाको दोहोराएर परीक्षण गरिएको छ । अब एक जना मात्र कोरोना संक्रमित रहेका छन् ।  

 

प्रकाशित: २१ असार २०७७ ०५:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App