१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

कर्णाली नदी बस्तीमा पस्ने जोखिम : उच्च सतर्कता अपनाउन आग्रह

कैलालीको टीकापुर–५ टीकापुर उद्यान (पार्क)नजिक कर्णाली नदीले कटान तीब्र बनाएको छ। नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेकाले बस्ती जोखिममा परेको हो। पार्क क्षेत्रमा कर्णाली नदी तटबन्धन भत्किएमा टीकापुरको वडा नं ५, ६, ७, ८ र ९ वडा पूरै डुबान तथा कटानमा पर्ने देखिन्छ।

रुकुमपूर्वमा डेंगु पोजेटिभ

रुकुमपूर्वमा पनि डेंगु पोजेटिभ देखिएको छ। मोरङ घर भई हाल व्यापारको सिलसिलामा यहाँ आएका ५१ वर्षीय तिलकबहादुर राईलाई डेंगु पोजेटिभ देखाएको जिल्ला अस्पतालले जनाएको छ। राई चार दिनअघि मात्रै काठमाडौंबाट रुकुमपूर्वमा आएका थिए।

बिहीबारदेखि मनसुन सक्रिय हुने

बिहीबार प्रदेश नं १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको तथा शुक्रबार, शनिबार प्रदेश नं १, २, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

‘केरुङ च्छो’ ताल फुट्न सक्ने भन्दै सतर्कता अपनाउन प्रशासनको आग्रह

छिमेकी देश चीनको खासा क्षेत्रमा रहेको ‘केरुङ च्छो’ ताल फुट्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले सावधानी अपनाउन आग्रह गरेको छ ।

दुधुवाबाट जङ्गली हात्तीको झुण्ड निकुञ्ज प्रवेश, सतर्कता अपनाउन आग्रह

भारतको दुधुवा नेशनल पार्कबाट जङ्गली हात्तीको झुण्ड लालझाडी संरक्षित वन क्षेत्र हुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश गरेपछि जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

रसुवाको नौकुण्डका नौजनाले कोरोना जिते

रसुवाको नौकुण्ड गाउँपालिकाका नौ जनाले कोरोना जितेका छन् । यही असार १३ गते शनिबार कोरोना पोजेटिभ देखिएका उनीहरूको पछिल्लो पटक परीक्षण गर्दा नेगेटिभ देखिएको हो ।

मनसुन भित्रियो, सतर्कता अपनाउन आग्रह

नेपालमा यस वर्ष दुई दिन ढिलो गरी मनसुन भित्रिएको छ। मनसुन नेपालको पूर्वी भूभागमा जुन १२ मा प्रवेश गरेको र यससँगै मौसमी गतिविधि बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

देशैभर वर्षा, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

मनसुन न्यूनचापीय प्रणालीको प्रभावले देशैभर बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्