२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सशस्त्रकै पेट्रोल पम्पबाट ठगी

मुलुकमा शान्ति सुव्यवस्था र अमनचयन कायम गराउने मुलुकका सुरक्षा निकायमध्यको एक निकाय सशस्त्र प्रहरी बलद्वारा सञ्चालित पेट्रोल पम्पबाट नै उपभोक्ता ठगिएको तथ्य फेला परेको छ ।

मन्त्री आचार्यद्वारा बाल सुधारगृह अनुगमन

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले तनहुँको आँबुखैरेनी गाउँपालिका २ ढकालटारमा निर्माण भएको बाल सुधारगृहको आज अनुगमन गरेका छन्।

जुम्लामा बजार अनुगमन तीव्र,म्याद गुज्रिएका खाद्यवस्तु नष्ट

बडादसैँ र तिहारलाई ध्यानमा राखेर उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले बजार अनुगमनलाई तीव्र बनाएको हो।

पोखरा महानगरपालिकाद्वारा बजार अनुगमन

चाँडबाँड नजिकिएसँगै पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ। बजारमा म्याद गुज्रेका सामान बिक्रीवितरण भएको र चाँडबाँडको मौका पारि उपभोग्य बस्तुको बढी मुल्य लिएको लगायतका गुनासो बढ्दै गएपछि अनुगमन थालेको महानगरले बताएको छ।

५८ कम्पनी कालोसूचीमा

विभिन्न सरकारी कार्यालयको सिफारिसको आधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयले २० कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो।

म्याद नाघेका सामान नष्ट

भक्तपुर नगरपालिका अनुगमन समितिले सोमबार कमलविनायक लान्चाफल्चाका विभिन्न खाद्यान्न पसल अनुगमन गरी म्याद नाघका सामान नष्ट गरेको छ।

चाँडबाँड सुरु भएपछि पोखरामा बजार अनुगमन

चाँडबाँडनजिकिदै गर्दा पोखराको बजार अनगुमन शुरु गरिएको छ। अनुगमन गर्ने क्रममा केही व्यवसायीले म्याद गुज्रिएको सामान विक्री वितरण गरेको भन्दै जरिवाना गरिएको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको नेतृत्वमा बनेको बजार अनुगमन समितिले केहीदिन यता अनुगमन गर्दै आएको छ।

विमानस्थल सुरक्षा सुधारका लागि गठित कार्यदलको अनुगमन तथा सुझाव सङ्कलन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा सुधारका लागि सुझाव दिन सरकारद्वारा गठित कार्यदलले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा अवस्थाबारे स्थलगत अनुगमन गरी जानकारी लिएको छ।

अनुगमनमा आएका कर्मचारीलाई उखु किसानले रोके

रौतहटको गरुडस्थित श्रीराम सुगर मिल्स लिमिटेडको अनुगमन गर्न आएका कर्मचारीलाई उखु किसानले रोकेका छन् । गत ३ वर्षदेखि स्थायी रूपले बन्द गरिएको चिनी उद्योगका पाट पुर्जालाई बिक्री गर्ने प्रयोजनका लागि आएका कर्मचारीलाई किसानहरूले अनुगमन गर्न रोकेका हुन्।

स्वास्थ्य मन्त्रालयको अनुगमन: अस्पतालले नागरिक बडापत्र लागू गर्नुपर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका आठ वटा अस्पतालहरूको अनुगमन गरेको छ।स्वास्थ्य मन्त्रालयले आज काठमाडौंका चार, ललितपुर र भक्तपुरका २/२ वटा सामुदायिक र निजी अस्पतालको अनुगमन गरेको हो ।

उपरदाङगढीको जीर्णोद्धार थालियो

चितवनको ऐतिहासिक क्षेत्र उपरदाङगढीको जीर्णोदार सुरु गरिएको छ। इच्छाकामना गाँउपालिकाले जिल्लाको पुरानो सदरमुकामसमेत रहेको उपरदाङगढीको भौतिक संरचना संरक्षणका लागि जीर्णोद्घार सुरु गरेको हो।

सरकारले गर्‍यो ११ सचिवको सरुवा

सरकारले ११ सचिवको सरुवा र दुई सचिवको पदस्थापना गरेको छ। एक मन्त्रीका अनुसार हालै सचिवमा बढुवा भएका घनश्याम उपाध्यायलाई वाग्मती प्रदेश मुख्य मन्त्रीको कार्यालयमा र लक्ष्मी बस्नेतलाई गण्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालयमा पदस्थापना गरिएको छ।

योजना अनुगमनमा सक्रियता देखाउँदै समन्वय समिति

जिल्ला समन्वय समिति सिन्धुलीले योजना अनुगमनमा सक्रियता देखाएको छ। जिल्लाभरका योजनामा जिल्ला समन्वय समितिका पदाधिकारीहरूले अनुगमन गर्न सक्रियता देखाएका हुन्। जिल्लाका दुई नगरपालिका सहित सात गाँउपालिका रहेको सिन्धुलीमा अधिकांश पालिकामा योजना अनुगमन गर्न जिल्ला समन्वय समितिका प्रमुखका र्साङ लामा र उपप्रमुख शान्ता कार्की सहित समन्वय समितिका निर्वाचित टिम र कर्मचारी पुगेका हुन्।

कालोसूचीमा राख्न सिफारिस १७ कम्पनीलाई सोधियो स्पष्टीकरण

सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले कार्यसम्पादन चित्तबुझ्दो नभएका १६ ठेकेदार र एक आपूर्तिकर्ता कम्पनीलाई सातदिने स्पष्टीकरण सोधेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्