२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य मन्त्रालयको अनुगमन: अस्पतालले नागरिक बडापत्र लागू गर्नुपर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका आठ वटा अस्पतालहरूको अनुगमन गरेको छ।स्वास्थ्य मन्त्रालयले आज काठमाडौंका चार, ललितपुर र भक्तपुरका २/२ वटा सामुदायिक र निजी अस्पतालको अनुगमन गरेको हो । मन्त्रालयका अनुसार काठमाडौँको कान्ति बाल अस्पताल, मनमोहन मेमोरीयल अस्पताल, नेपाल मेडिकल कलेज र शंकरापुर अस्पताल, ललितपुर क्षेत्रको छेडिसिटी अस्पताल र अल्का अस्पताल, भक्तपुरको भक्तपुर अस्पताल र नागरिक सामुदायिक अस्पतालको अनुगमन गरिएको हो ।

नेपाल मेडिकल कलेज र शंकरापुर अस्पतालको  अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा.टंक बाराकोटीले अस्पतालहरूमा नागरिक बडापत्र लागू हुनुपर्ने बताए । उनले अस्पतालले बिरामीहरूको निःशुल्क उपचार दिनुपर्ने पनि बताए। 

अनुगमनमा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव, सहसचिव, उपसचिव लगायतको सहभागिता रहेको थियो । यसअघि स्वास्थ्य मन्त्रालयले काठमाडौंका फार्मेसीहरूको अनुगमन गरेको थियो ।

प्रकाशित: १८ श्रावण २०८० १३:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App