१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सरकारले गर्‍यो ११ सचिवको सरुवा

फाइल तस्बिर।

सरकारले ११ सचिवको सरुवा र दुई सचिवको पदस्थापना गरेको छ। एक मन्त्रीका अनुसार हालै सचिवमा बढुवा भएका घनश्याम उपाध्यायलाई वाग्मती प्रदेश मुख्य मन्त्रीको कार्यालयमा र लक्ष्मी बस्नेतलाई गण्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालयमा पदस्थापना गरिएको छ।

प्रदेशमा उपाध्याय र बस्नेतले प्रमुख सचिवको रूपमा काम गर्नेछन्। सरकारले सचिव मधुसुदन बुर्लाकोटीलाई उपराष्ट्रपतिको कार्यालय र अर्का सचिव मुकुन्द निरौलालाई उद्योग मन्त्रालयमा सरुवा गरेको छ।

निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीलाई भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा सरुवा गरिएको छ। सचिव सूर्य गौतमलाई निर्वाचन आयोगमा लगिएको छ। उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव तोयाम रायलाई तथ्यांक कार्यालयमा लगिएको छ। पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीलाई शिक्षा मन्त्रालयमा सरुवा गरिएको छ। सचिव भरतमणि सुवेदीलाई पर्यटन मन्त्रालय, रामकृष्ण सुवेदीलाई वित्त आयोग र रविलाल पन्थलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ।

सचिव दामोदर रेग्मीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय र गोपी खनाललाई प्रधानमन्त्रीको कार्यालयमा सरुवा गरिएको छ। मन्त्रिपरिषद्को यही साउन ३ गते बसेको बैठकले सचिवको सरुवा र पदस्थापनाको निर्णय गरेको जानकारी ती मन्त्रीले दिए।

प्रकाशित: ७ श्रावण २०८० ०३:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App