२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

योजना अनुगमनमा सक्रियता देखाउँदै समन्वय समिति

आढगढी मझुवा सडक खण्डमा अनुगमन गर्दै जिल्ला समन्वय समितिको टिम। तस्विर :अनिल भण्डारी/नागरिक

जिल्ला समन्वय समिति सिन्धुलीले योजना अनुगमनमा सक्रियता देखाएको छ। जिल्लाभरका योजनामा जिल्ला समन्वय समितिका पदाधिकारीहरूले अनुगमन गर्न सक्रियता देखाएका हुन्। जिल्लाका दुई नगरपालिका सहित सात गाँउपालिका रहेको सिन्धुलीमा अधिकांश पालिकामा योजना अनुगमन गर्न जिल्ला समन्वय समितिका प्रमुखका र्साङ लामा र उपप्रमुख शान्ता कार्की सहित समन्वय समितिका निर्वाचित टिम र कर्मचारी पुगेका हुन्। 

सम्बन्धित पालिकाको उपाध्यक्षका नेतृत्वमा अनुगमन भए पनि पुन समन्वय समितिले अनुगमन गरेको हो। विशेष गरि प्रदेश सरकारले लगानी गरेका योजनामा आफूहरूले निगरानी बढाएको जिल्ला समन्वय समितिका प्रमुखका र्साङ लामाले जानकारी दिए। प्रदेशको योजनामा धेरैजसो कमसल काम भएको पाइएको छ, उनले भने कतै ठेकेदारले ढिलासुस्ती गरेका छन् भने कतै गुणस्तरहीन काम भएको पाइएको छ। उनले केही स्थानका योजनामा प्रदेशकै भए पनि उदारणिय भएको समेत बताए।

सबै स्थानमा एकै किसिमका छैनन्, तर विशेष गरि प्रदेश सरकारको लगानीका योजनामा निगरानी कम भएको देखिन्छ, उनले भने, हामी जिल्ला भरका योजना अनुगमन गरि कमजोर काम गर्नेलाई कारबाही गर्छौ। समन्वय समितिले आडगढी मझुवा सडक लाई अनुगमन गरेको छ। लामो समयदेखि निर्माणाधीन रहे पनि काम सम्पन्न नभएको उक्त सडकमा गुणस्तरीय काम नभएको पाइएको जिल्ला समन्वय समितिकी उपप्रमुख शान्ता कार्कीले बताइन्। वर्षायाम सुरु भएसँगै असारे विकासमा निर्माण व्यवसायी लागेको भन्दै हतारमा गुणस्तरहीन काम भएको बताइन्। 

जिल्ला समन्वय समितिले समेत अनुगमनमा सक्रियता देखाएसँगै निर्माण व्यवसायी तथा उपभोक्ता समिति समेत सचेत हुन थालेको स्थानीय बत्ताउँछन्। समन्वय समितिले विशेष गरि अनुगमनमै ध्यान दिनुपर्ने हो, एक स्थानीयले भने, योजनाको मात्रै नभएर समग्र अवस्थाको अनुगम नगर्ने कामभए सहज हुने र भ्रष्टाचार कम हुने थियो। प्रभावकारी अनुगमनगरि काम नगर्नेलाई कारवाहीका लागि सिफारिस गर्ने समन्वयले जनाएको छ।

प्रकाशित: २५ असार २०८० ०७:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App