२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जुम्लामा बजार अनुगमन तीव्र,म्याद गुज्रिएका खाद्यवस्तु नष्ट

जुम्लामा चाडवाड नजिकिएसँगै बजार अनुगमन तीव्र बनाइएको छ। बडादसैँ र तिहारलाई ध्यानमा राखेर उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले बजार अनुगमनलाई तीव्र बनाएको हो।

सोमवार र मङ्गलवार जुम्लाको सदरमुकाम खलंगा बजार अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय जुम्ला, चन्दननाथ नगरपालिका, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, उद्योग वाणिज्य संघ जुम्ला, खाद्य प्रविधि तथा गुण नियन्त्र डिभिजन कार्यालय जुम्ला, आन्तरिक राजश्व कार्यालय र नागरिक समाज लगायतले संयुक्त रुपमा बजार अनुगमन गरेका हुन्।  

अनुगमनका क्रममा उपभोग्य मिति सकिएका अखाद्य वस्तु नष्ट गरिएको छ भने ३२ हजार २ सय ८० रुपैयाँ मूल्य बराबरको खाद्य सामग्री पनि बरामद गरी नष्ट गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाकी सहायक पाँचौ अधिकृत तथा बजार अनुगमन प्रमुख भगवती श्रेष्ठले बताइन्।  

पछिल्लो दुई दिनमा जुम्ला बजारका ६८ वटा पसल अनुगमन गरिएको खाद्य प्रविधि तथा गुणनियन्त्र डिभिजन कार्यालय जुम्लाका प्रमुख डाक्टर ईश्वर सुवेदीले बताए।  

चन्दननाथ नगरपालिकाको खलंगा बजारका विभिन्न स्थानको अनुगमनका क्रममा म्याद गुज्रिएका, कर छली गरेर बिक्रि गरिएका वस्तु, जम्मफुड, सुर्तिजन्य प्रर्दाथ खाद्य वस्तु नियन्त्रणमा लिई नष्ट गरिएको आन्तरिक राजश्व कार्यालय जुम्लाका कर अधिकृत धनसिंह थापाले बताए।  

चाडपर्वको समयमा म्याद गुज्रेको सामान बजारमा आउन सक्ने, मूल्यवृद्धि हुन सक्ने भएकोले संयुक्त बजार अनुगमन गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले बताए।

प्रकाशित: २४ आश्विन २०८० ०८:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App