१२ मंसिर २०८१ बुधबार
image/svg+xml

‘लगानी र उद्यमशीलता बढाउन नीतिगत सुधार आवश्यक’

उत्पादनमूलक क्षेत्रमा नयाँ लगानी र उद्यमशीलता बढाउन नीतिगत सुधार आवश्यक रहेको सरोकारवालाले बताएका छन्। नेपाली युवा उद्यमी फोरम वीरगन्ज र इकोनोमिक रिपोटर्स एसोसिएसनले सोमबार साँझ आयोजना गरेको ‘युवा उद्यमशीलता : अवसर र चुनौती’ विषयक छलफलका सहभागीले युवा उद्यमशीलताको अवसर उपयोग हुन नपाएको बताए।

युवा उद्यमशीलता र स्टार्टअप बढाउन सम्झौता

नेपाली युवा उद्यमी मञ्च काठमाडौं च्याप्टर र नेपाल उद्योग वाणिज्य महासंघबीच सम्झौता भएको छ। नेपालमा युवा उद्यमशीलता र स्टार्टअपको वृद्धि र उत्थानको लागि सम्झौता भएको हो।

महिला उद्यमी महासंघ र प्रधानमन्त्रीबीच भेट

उद्योगी, व्यापारीसहित विभिन्न पेसा र व्यवसायमा रहेकालाई सरकारले खोपका लागि प्राथमिकतामा राखेको बताउँदै प्रधानमन्त्री देउवाले महामारीका कारण संकटमा परेका उद्योगधन्दा पूर्ववत् सञ्चालनका लागि आवश्यक पहल गर्ने आश्वासन दिए।

अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला हुने

मेलामा नेपालभरका साना तथा मझौला महिला उद्यमी, व्यापारी तथा महिला निर्यातकर्ताका साथै विदेशी महिला उद्यमीको समेत सहभागिता रहने छ।

नेपाली उद्यमीको लागि उद्यमशील विश्वकप

यस प्रतियोगिता नेपालमा भने पहिलोपटक आयोजना हुन गइरहेको छ। नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) यस वर्ष नेपालको लागि अधिकारिक रूपमा राष्ट्रिय आयोजकमा छ। यसले नेपालभित्र र बाहिर रहेका उद्यमीलाई यस प्रतियोगितामा भाग लिन सहयोग पुर्‍याउनेछ।

युवा उद्यमी फोरममा उदीप अध्यक्ष

नेपाली युवा उद्यमी फोरमले शुक्रबार आफ्नोे १७औं वार्षिक साधारण सभा आयोजना गरेको छ। काठमाडौंका युवा उद्यमी उदीप श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कमिटी चयन गरेको छ।

संचार उद्यमी महिलाको कोरोनाबाट निधन

रौतहटका एक संचार उद्यमी महिलाको कोरोना संक्रमणले निधन भएको छ । जिल्लामा गत वर्षदेखि संचालनमा आएको पहिलो टेलिभिजन रेड टेलिभिजनकी संचालिका रामा यादवको कोरोना संक्रमणका कारण मंगलवार निधन भएको हो ।

महिला उद्यमीले २२ अर्ब सहुलियत कर्जा लिए

सरकारले ब्याजमा पाँच प्रतिशत अनुदान दिने कर्जामध्ये कृषिबाहेकमा सबैभन्दा धेरै ऋण लिने महिला उद्यमी छन्। सरकारले तीन वर्षदेखि १० प्रकारका शीर्षकमा सहुलियतपूर्ण कर्जा दिँदै आएको छ। राष्ट्र बैंकका अनुसार महिलाका लागि हालसम्म बैंक तथा वित्तीय संस्थाले २१ अर्ब ७८ करोड रूपैयाँ सहुलियत कर्जा प्रवाह गरेका छन्। गत असारसम्म बैंकहरूले उद्यमी महिलालाई चार अर्ब ३५ करोड रूपैयाँ प्रवाह गरेका थिए।

नेपाली युवा उद्यमी फोरम स्थापना

युवा व्यवसायीलाई सकारात्मक व्यक्तिगत सोच र दृष्टिकोण सशक्त बनाएर विकास र प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली युवा उद्यमी फोरम (एनवाइइएफ) अन्तर्गत वीरगन्ज र जनकपुर अध्यायको स्थापना भएको छ ।

महिला उद्यमी महासघंको “मेरो सहयोग उद्यमशिलता विकास” कार्यक्रम सुरु

महिला उद्यमी महासघंले “मेरो सहयोग उद्यमशिलता विकास” भन्ने नाराका साथ महिला उद्यमशिलता कोष सुरु गरेको छ।

एलन मस्क भन्छन् : उत्पादन राम्रो बनाऊ, बैठकमा धेरै समय खर्च नगर

अर्बपति सिइओ मस्कले कम्पनी व्यवस्थापनका लागि जहिले पनि असामान्य कदम चाले। जसमध्ये एउटा कदमले त उनलाई अप्ठेरोमा समेत पारेको थियो।

बजारीकरण नहुँदा महिला उद्यमी मारमा

लामो लकडाउनका कारण महिला उद्यमीका उत्पादनको बजारीकरणमा समस्या भएको छ। कतिपय जिल्लामा जारी निषेधाज्ञाका कारण महिला उद्यमीले उत्पादन गरेको समान खेर गइरहेको छ। यसले गर्दा उनीहरूलाई बैंकको ऋण, घरभाडा र कर्मचारी तलब दिन समस्या भएको महिला उद्यमी महासंघ नेपालले जनाएको छ।

परनिर्भरता तोड्न आफैं उद्यमी बन्न कसिदैं ताप्लेजुङका युवायुवती

ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ९ हाङ्देवाकी रीता बराल पोखरेललाई सिकेको सीप प्रयोग गर्न सकेमा अहिले सम्म श्रीमान्संगको परनिर्भरता हट्ने आत्मबिश्वास पलाएको छ । उनले खुलेरै भनेकी छन्‘जाँगर चलाउँछु र आफुसंग भएको सीपको अधिक प्रयोग गरेर आफैं आत्मनिर्भर बन्छु’ । सिदिङ्वा गाउँपालिका वडा नं ३ आङ्खोपका हर्क ताम्लिङ लिम्बूलाई बिद्युतीय कार्यका लागि गाउँको सहजकर्ता बन्ने जोस छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्