१६ वैशाख २०८१ आइतबार
image/svg+xml

ढुवानी व्यवसायी महासंघको अध्यक्षमा दास

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघमा नयाँ नेतृत्व चयन भएको छ। मनोज दासको अध्यक्षतामा महासंघको नयाँ नेतृत्व चयन भएको हो।

पोखरा महानगरद्वारा ‘कृषि उपज ढुवानी सेवा’ सुरु

बजारभन्दा पर उत्पादित कृषिजन्य उत्पादन सहज ढुवानी नहुँदा थन्क्याउनुपर्ने बाध्यता किसानलाई पर्छ। उत्पादित कृषिजन्य वस्तु गाईवस्तुलाई आहारा बनाउनुपर्ने पीडा पनि नभएको होइन। अर्कोतिर बजार भाउ नपाउँदाको दुःख पनि उस्तै छ।

मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द

ढुवानी व्यवसायी सङ्घ वीरगञ्जका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव ढुवानी व्यवसायीलाई परेको भन्दै उनीहरुले ढुवानी सेवा बन्द गरेका हुन्।

जुम्लामा नुनको राजनीति अन्त्य

पहिले नुन पाउन नेतालाई भेट्नु पर्ने, विभिन्न सरकारी निकायमा धाउनुपर्ने, गाविसमा गएर कुपन ल्याउनु पर्ने, संसद् तथा मन्त्रीसँग समेत हारगुहार गर्नुपर्ने थियो। स्थानीय प्रशासनको सिफारिस चाहिने हुन्थ्यो। तर अहिले निर्धक्क नागरिक सिधै आवश्यकता अनुसार नुन लिएर जान्छन्।

अब खाद्यान्न ढुवानी सहजः अल्पकालीन अन्तरिम आदेश खारेजी

खाद्यान्न ढुवानी गर्ने ठेक्का आफूले नपाएपछि समिट एअरले दायर गरेको मुद्दामा पाटन उच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि ढुवानी व्यवस्था सहज हुने भएको छ।

फितलो तयारीले बर्सेनि खाद्यान्न अभाव

सरकारको फितलो तयारी र बेवास्ताका कारण कर्णालीमा हरेक वर्ष खाद्यान्न अभाव हुने गरेको छ। कर्णालीलगायतका दुर्गम स्थानमा खाद्यान्न ढुवानी गर्न सरकारले बजेट विनियोजन गरे पनि कमिसनको चक्करमा ढुवानी हुन नसक्दा सर्वसाधारणले समयमा चामल पाउन सकेका छैनन्।

जुम्ली स्याउको मूल्य १ सय ५१ रुपैयाँ

जुम्ला सिँजा गाउँपालिका ५ का युवा किसान रामसिंह रावलले अहिले सदरमुकाम खलंगामा प्रतिकेजी स्याउको मुल्य १ सय ५१ रुपैयाँमै बेचिरहेका छन्। उनले भने,‘जुम्ली स्याउको स्वाद,कलर,गुणस्तर र स्याउमा पाइने भिटामिनका कारण यो स्याउको मुल्य बढि हुनु कुनै अनौठो होइन। यो मुल्य पनि निकै कम हो।’

खाद्यान्न अभाव भएपछि उत्तरी गोरखामा ९३ क्विन्टल चामल ढुवानी

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखाले मंगलवार र बुधवार ९३ क्विन्टल चामल ढुवानी गरेको कम्पनीका गोरखा स्थित कार्यालयका सुचना अधिकारी शिब सुनारले बताए।

ढुवानी भाडा सस्तिँदा नेपाललाई लाभ

नेपालतर्फ कन्टेनर ढुवानी गर्न निजी रेलसेवा कम्पनीलाई पनि बाटो खुलेपछि प्रतिस्पर्धाका कारण ढुवानी भाडा २५ देखि ३७ प्रतिशतसम्म घटेको छ।

‘कन्कोर’को एकाधिकार हट्यो: निजी कम्पनीको रेलबाट नेपाली कार्गो ढुवानी सुरु

वीरगन्जको सिर्सियास्थित सुक्खा बन्दरगाहमा भारतीय निजी कम्पनीको मालबाहक रेलमार्फत पहिलो खेप आयातित सामान आइपुगेको छ। यससँगै नेपाली कार्गो ढुवानीमा भारतीय रेल्वेको भगिनी संस्था कन्टेनर निगम लिमिटेड ‘कन्कोर’को एकाधिकार हटेको छ।

हिमालपारिको दुःख: ट्रयाक्टरमा खोप ढुवानी

हिमालपारिको जिल्ला मुस्ताङमा खोप ढुवानीमा समस्या हुने गरेको छ। वर्षायामसँगै बढेका नदी खहरेका कारण साना सवारीको आवागमन नै रोकिएपछि ट्रयाक्टरमा खोप ढुवानी गर्नुपरेको हो।

गोरखाको माथिल्लो क्षेत्र चुमनुब्रीमा हेलिकप्टरबाट खोप ढुवानी

गोरखाको माथिल्लो भेग चुमनुब्री गाउँपालिकामा कोरोना बिरुद्धको भेरोसिल खोप हेलिकप्टरबाट ढुवानी गरिएको छ ।

सिर्दिबासमा सेनाको हेलिकप्टरबाट चामल ढुवानी

उत्तरी गोरखामा खाद्यान्न अभाव भएपछि सेनाको हेलिकप्टरबाट बुधवार ८५ क्विन्टल चामल ढुवानी गरिएको छ ।

बाढीपहिरोको क्षतिः उत्तरी गोरखामा पैदल हिँड्ने बाटो पनि छैन

लगातारको वर्षापछि बाढी पहिरो निम्तिँदा १५ दिन देखि उत्तरी गोरखासँग सदरमुकामको आउजाउ टुटेको छ । मोटरबाटोको सञ्जालले नजोडिएको चुमनुब्री गाउँपालिकामा पैदल हिड्ने बाटोमा दर्जनौं ठाउँमा भत्किएपछि स्थानीय ज्यानको बाजी राखेर हिँडडुल गर्न बाध्य छन् ।

मर्स्याङदी नदीको पुल भासियो, खाद्यान्न ढुवानी रोकियो

यही असार महिनाको सुरुआतदेखि परेको अविरल वर्षाका कारण मर्स्याङदी नदीमा आएको बाढीपहिरोले नार्पाभूमि २ स्थित झोलुङ्गे पुल भासिएको गाउँपालिकाका अध्यक्ष मिङ्माछिरिङ लामाले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्