२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गोरखाको माथिल्लो क्षेत्र चुमनुब्रीमा हेलिकप्टरबाट खोप ढुवानी

गोरखा सदरमुकामबाट कोरोना बिरुद्धको खोप लिएर उत्तरी गोरखा जाँदै गरेको हेलिकप्टर । तस्विर ः नागरिक

गोरखाको माथिल्लो भेग चुमनुब्री गाउँपालिकामा कोरोना बिरुद्धको भेरोसिल खोप हेलिकप्टरबाट ढुवानी गरिएको छ । तिब्बतसँग सिमाना जोडिएको उक्त गाउँपालिकामा १८ वर्ष माथिका सबैलाई खोप लगाउने कार्यक्रम अनुसार शनिबार तीनहजार खोप ढुवानी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । उक्त खोप १८ देखि ५४ वर्ष उमेरकालाई लगाईनेछ ।

‘तीनहजार खोपले १८ वर्ष उमेर माथिका सबैलाई पुग्ने अनुमान गरिएको छ,’ स्वास्थ्य कार्यालयका कोल्डचेन निरीक्षक ऋषिराम खत्रीले भने । सामागाउँ, गाप, चुम्लीङ र सिर्दिबासमा खोप ढुवानी गर्ने र त्यहाँबाट नजिकको वडामा रहेको स्वास्थ्य संस्थामा लैजाने उनले बताए । खोप हरेक वडाको स्वास्थ्य संस्थामा शनिवारदेखि लगाउन सुरु हुनेछ ।  

माउन्टेन चाईल्ड नामक संस्थाले खोप ढुवानीमा हेलिकप्टर उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । यस अघि पनि उत्तरी गोरखामा उक्त संस्थाले सिम्रिक एयरलाईन्स मार्फत खोप ढुवानी गर्न सहयोग गरेको थियो । 

प्रकाशित: २ श्रावण २०७८ ०६:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App