१५ चैत्र २०७९ बुधबार

गुम्बामा आगलागी हुँदा ३० करोड भन्दा बढीको क्षति, स्थानीयको रुवाबासी

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका २ को हिनाङको पुंगजी गुम्बामा आगलागी हुँदा ३० करोड भन्दाबढिको क्षति भएको छ। मङ्गलवार गुम्बामा जडान गरिएको विद्युत् सर्ट भएर आगलागी भएको स्थानीयले बताएका छन्।

चुमनुब्रीको पुङ्चे गुम्बामा आगलागी

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका २ को पुङ्चे गुम्बामा मंगलवार दिउँसो आगलागी भएको छ। हिनाङ भन्ने ठाउँमा रहेको उक्त गुम्बा धेरै पुरानो रहेको स्थानीय बताउँछन्। उक्त गुम्बामा दिउसो तीन बजेतिर आगालागी भएको वडाअध्यक्ष मिङ्ग्यूर दोर्जे लामाले बताए।

एक सातापछि उत्तरी गोरखामा फोन सुचारु

बिहीबार दिउँसोदेखि टेलिफोन सेवा सुचारु भएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए।

उत्तरी गोरखाको मतपेटिका हेलिकप्टरबाट ल्याउन सुरु

गोरखा–१ को २२ वटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याउन सुरु गरिएको छ। नेपाली सेनाको हेलिकप्टरबाट चुमनुब्री गाउँपालिकाको सबै केन्द्रबाट मत पेटिका ल्याउन लागिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए।

गठबन्धन उम्मेदवारका लागि भोट माग्न दाहाल उत्तरी गोरखामा

गठबन्धनबाट गोरखा क्षेत्रनम्बर १ का उम्मेदवार नेपाली कांग्रेसका राजेन्द्र बजगाई र प्रदेश सभा क्षेत्र नम्बर १ ‘ख’ का उम्मेदवार नन्दप्रसाद न्यौपानेलाई भोट माग्न उनी हेलिकप्टर मार्फत छेकम्पार,सामागाउँ, सिर्दिबास पुगेका हुन्।

उत्तरी गोरखाबाट मतपेटिका ल्याउन हेलिकप्टर माग

उनले भने ‘त्यहाँबाट बोकाएर ल्याउन पाँच/छ दिन लाग्छ, मत गणनापनि ढिलो हुने भएकाले तत्काल हेलिकप्टरबाट ल्याउने ब्यवस्था गरिदिन भनेका हौँ।’

प्रधान सेनपातिद्वारा बेनीघाट-लार्के सडकको बेलिब्रिज उद्घाटन

गोरखाको बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक अन्तर्गत माछाखोलामा निर्माण भएको बेलिब्रिज बिहीबारदेखि सर्वसाधारणका लागि खुल्ला भएको छ। प्रधानसेनापति प्रभुराम शर्माले उक्त पुलको उद्घाटन गरेका हुन्।

उत्तरी गोरखाको चारवटा केन्द्रमा मतदान सकियो

उत्तरी गोरखाका चार केन्द्रमा मतदान सकिएको छ। चुमनुब्री गाउँपालिका वडा नम्बर १ र ४ को मतदान केन्द्रमा मतदान सकिएको हो। वडा नं. १ को साम्दो आधारभूत विद्यालय मतदान केन्द्रमा ७४ मत खसेको बताइएको छ।

उत्तरी गोरखामा बाक्लो हिमपात

उत्तरी गोरखामा बाक्लो हिमपात भएको छ। बिहीबार रातीदेखि परेको हिउँ शुक्रवार दिउँसोसम्म रोकिएको छैन। चुमनुब्री गाउँपालिको छेकम्पार, सामागाउँ, ल्हो, बिही, प्रोकमा बाक्लो हिउँ परेको छ। धार्चे गाउँपालिकाको पनि अधिकांश ठाउँमा हिमपात भएको छ।

गोरखामा फागुन ७ गतेबाट सातौँ गोर्खाली रनिङ कप हुने

विहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो १ बजे देखि ५ बजेसम्म नियमित प्रतियोगिता संचालन गरिने आयोजक हरमटारी क्लवका अध्यक्ष बिशाल गुरुङले बताए।

उत्तरी गोरखा पुगेका गृहमन्त्री खाँणले भने: बाटो खुलाउन पहल गर्छु, खाद्यान्न छिट्टै पठाउँछौँ

तिब्बतसँग सिमाना जोडिएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको चुम उपत्यका पुगेका गृहमन्त्री बालकृष्ण खाँडलले तत्काल बाटो खुलाउन पहल गर्ने बताएका छन् ।

उत्तरी गोरखा लोक्पाकाे पहिरोमा १६ वटा खच्चड पुरिए

मंगलवार चुमनुब्रीगाउँपालिका ६ का चित्रबहादुर गुरुङको ८ र छेवाङ गुरुङको ८ वटा खच्चड पुरिएको डिएसपी प्रकाशदाहालले बताए।

१० वर्षमा बन्यो उत्तरी गोरखा जोड्ने सोती खोला पुल

उत्तरी गोरखाको धार्चे र चुमनुब्री गाउँपालिका जाने सोती खोलाको पुल निर्माण सुरु भएको १० वर्षपछि सञ्चालनमा आएको छ। २५ मिटर लामो मोटरेबल पक्की पुल दुई करोड २४ लाखमा निर्माण भएको हो। ‘ढिलै भए पनि पुल बनेको छ, गाडी गुड्न सुरु गरिसक्यो,’ ठेक्का लगाउने ११ किलो छेवेटार भालुस्वाँरा बारपाक सडक आयोजनाका प्रमुख राजेश यादवले भने, ‘अब जनतालाई केही सहज हुनेछ।’

दश वर्षमा बन्यो उत्तरी गोरखा जोड्ने सोतीखोला पुल

उत्तरी गोरखाको धार्चे र चुमनुब्री गाउँपालिका जाने सोतीखोलाको पुल १० वर्षपछि निर्माण पुरा भएको छ । २५ मिटर लामो मोटरेबल पक्की पुल दुई करोड २४ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको हो ।

उत्तरी गोरखामा हिमचितुवाले १६ वटा खच्चड मार्‍यो

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका ६ चुम्चेतमा हिमचितुवाले १६ वटा खच्चड र एउटा घोडा मारेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्