नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघमा नयाँ नेतृत्व चयन भएको छ। मनोज दासको अध्यक्षतामा महासंघको नयाँ नेतृत्व चयन भएको हो।
महासंघको १३ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा दास, वरिष्ठ उपाध्यक्षमा गुणराज निरौला र राकेशकुमार कसौधन निर्विरोध चयन भएका छन्। त्यसैगरी, उपाध्यक्षमा मनिराम पाण्डये, ध्रुबप्रसाद सिग्देल, उत्सव ईटनी, सिद्धराज पाण्डये, गणेशबहादुर सिलवाल, सुरेन्द्रमणि पराजुली र धनेन्द्र पौडेल चयन रहेका छन्।
महासंघको महासचिवमा विश्वप्रसाद अर्याल, कोषाध्यक्षमा विष्णुकुमार खड्का, सचिवमा दीपक शिवाकोटी, सहसचिवमा महेन्द्रकुमार अग्रवाल र सह-कोषाध्यक्षमा महेशकुमार दास चयन भएका छन्।
प्रकाशित: १२ माघ २०७९ ०१:५९ बिहीबार