३१ वैशाख २०८१ सोमबार
image/svg+xml

ट्यांकर चालकले रोके पेट्रोलियम पदार्थको ढुवानी, मङ्गलबारदेखि अभाव हुनसक्ने

आइतबारदेखि थानकोट डिपोबाट पेट्रोलियम पदार्थको ढुवानी रोकिदा मङ्गलबारदेखि अभाव हुनसक्ने एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले जानकारी दिए।

पाठ्यपुस्तक ढुवानीलाई अत्यावश्यक सेवामा राखिने

आगामी असार १ गतेदेखि नयाँ शैक्षिकसत्र सुरु गर्ने तयारी भएकामा निःशुल्क उपलब्ध हुनुपर्ने पाठ्यपुस्तक अझै सबै विद्यालयमा पुग्न सकेको छैन। कोरोना महामारीका कारण जारी निषेधाज्ञाको अवधीमा ढुवानीमा समस्या देखिएको छ।

हिमालय एयरलाइन्सबाट निःशुल्क खोप ढुवानी

निःशुल्क कार्गो उडानबाट एयरलाइन्सले दुई लाख २५ हजार रूपैयाँ बराबरको आर्थिक योगदान गर्ने कम्पनीले जनाएको छ।

पाठ्यपुस्तक छपाई र ढुवानीमा अन्योल

यस वर्षको नयाँ शैक्षिक सत्र असार १ गतेदेखि संचालन हुने सरकारले तय गरेको छ । तर हालसम्म पाठ्यपुस्तक छपाई र वितरणको कार्य भने अन्योल बनेको छ ।

काभ्रेमा निषेध आदेश जारीः निर्माण सामग्री ढुवानीमा छुट!

उपत्यकासँग सीमा जोडिएको काभ्रेले ‘निर्माण सामग्री ढुवानीमा छुट दिने प्रावधान’ राखेर निषेध आदेश जारी गरेको छ। काभ्रेमा कोरोना संक्रमण दैनिक वृद्धि हुन थालेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले आइतबार राति १२ बजेबाट लागू हुने गरी आंशिक निषेध आदेश जारी गरेको हो।

मापदण्डविपरीत पशु ढुवानी गर्ने ३६ सवारी कारवाहीमा

चितवनमा मापदण्डविपरीत पशु ढुवानी गर्ने ३६ सवारी साधन कारवाहीमा परेका छन्। चालु आर्थिक वर्षको हालसम्म ३६ सवारी साधनले मापदण्डविपरीत पशु ढुवानी गरेको पशु क्वारेन्टाइन चेक पोष्ट रामनगर चितवनका प्रमुख डा कृष्ण पौडेलले जानकारी दिए।

दैनिक २० हजार ढुवानी सवारी साधन भिसिटिएसको निगरानीमा

राजस्व चुहावट नियन्त्रण गर्न राजस्व अनुसन्धान विभागले सुरु गरेको ‘मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस) प्रभावकारी बन्दै गएको छ। भिसिटिएस प्रणालीमा एक लाख तीन हजार ढुवानीका सवारी दर्ता भएका छन्।

पेट्रोलमा मिसावट गर्ने दुई ट्यांकर चालक पक्राउ

इन्डियन आयल कर्पोरेसन (आइओसी)को बरौनी डिपोबाट पेट्रोल ढुवानी गर्दा मट्टितेल सहित अन्य केमिकल मिसावट गर्ने दुई ट्यांकर चालकलाई प्रहरीले पक्राउ गरेको छ।

बेलैमा ढुवानी गर्न नसक्दा २५ हजार भुरा मरे

रसुवाको सदरमुकाम धुन्चेमा रहेको रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्रले आफ्नो उत्पादन १५ जिल्लामा विस्तार गरेको छ । आफूले उत्पादन गरेका आँखा बनेको अण्डा, माछा भुरा र खाने माछा रसुवा सहित १६ जिल्लामा बिक्री गर्दै आएको छ ।

बाहिरी जिल्लाको तरकारी आयातमा रोक

स्थानीय उत्पादनलाई प्राथमिकता दिने भन्दै बागलुङमा बाहिरी जिल्ला र विदेशबाट आयात गरिने तरकारी तथा फलफूलमा रोक लगाइएको छ।

तरकारी ढुवानीमा अवरोध नगर्न निर्देशन

तरकारी व्यवसायीले उत्पादित तरकारीले बजार नपाएको गुनासो गरिहरहेको बेला गृह मन्त्रालयले भने तरकारी वितरणमा सहजीकरण गरेको बताएको छ।

एक हप्तालाई ‘आइसिडी डिस्टफिङ’ बन्द

वीरगन्जको सुक्खा बन्दरगाहमा आइसिडी डिस्टफिङ (कन्टेनरबाट मालसामान अन्य ढुवानी साधनमा खन्याएर लैजाने काम) सात दिनका लागि बन्द गरिएको छ ।

धादिङ प्रवेश गर्ने सवारीलाई निर्मलीकरण अनिवार्य

धादिङ जिल्ला र सदरमुकाम धादिङबेशी भित्रिने सबै मालवाहक सवारी साधनले अनिवार्य निर्मलीकरण गर्नुपर्ने भएको छ ।

हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गर्न माग

प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले दार्चुलाको व्यास गाउँपालिका–१ छाङरु र तिङ्करमा हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गर्न सरकारसँग माग गरेका छन्।

बेलिब्रिज निकाल्ने तयारीसँगै खाद्य एबं निर्माण सामग्री ढुवानीको हतारो

सुनकोसीस्थित फोक्सिङटारको अस्थायी बेलिब्रिज निकाल्ने तयारीसँगै खोटाङका विभिन्न स्थानीय तहले उपभोग्यवस्तु एबं निर्माण सामग्री ढुवानीको तयारी थालेको छ । खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङटामा लगाइएको अस्थायी बेलिब्रज बर्षा सुरु भएसँगै निकाल्न लागिएको अवस्थामा दिप्रुङ चुईचुम्मा गाउँपालिका र खोटेहाङ गाउँपालिकाले सो बेलिब्रज निकाल्न अगावै उपभोग्यवस्तु एबं निर्माण सामग्री भित्र्याउने तयारी थालेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्