१५ वैशाख २०८१ शनिबार
image/svg+xml

हरियाली बढाउन वर्ष पैंसठ्ठी हजार बिरुवा वितरण गरिंदै

हरियाली बढाउन यहाँस्थित जिल्ला डिभिजन वन कार्यालयले ६५ हजार बिरुवा निःशुल्क वितरण गर्ने भएको छ। कार्यालयले आफ्नो नर्सरीमा हुर्काएका बिरुवा किसानलाई वितरण गर्न लागेको हो।

स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेका छन्। वालिङ नगरपालिका–४ रत्नेथुम्काका उनले विदेशमा सिकेको सीप आफ्नै गाउँ फर्केर उपयोग गरेका हुन्।

ओखरका बिरुवा बेचेर करोडौँ रुपैयाँ कमाउँछन् जुम्ली किसान

जुम्लाको पातारासी गाउँपालिका-७ घोडासैन गाउँका सिंह कठायतलाई दाँतेओखरका बिरुवा बेच्न भ्याइनभ्याइ छ।

डढेलोकाल

तराईका झुपडीमा बस्ने लाखौँ दीनदुःखीका लागि यो याम काल नै सावित हुने गरेको छ। नेपालमा भूमिहीनको संख्या निरन्तर बढ्नुको एउटा मुख्य कारण यो पनि हो।

बजाज पल्सरको ‘१०० एनएस राइड’

बजाज पल्सरले ‘१०० एनएस राइड’ सम्पन्न गरेको छ। कम्पनीले सय वटा बिरुवा रोप्ने उद्देश्यको साथ सगरमाथा र जनकपुर क्षेत्रका ग्राहकलाई समेटेर १०० एनएस राइड आयोजना गरेको हो।

बगैंचामै पुगेर स्याउका बिरुवा काँटछाँट गर्न सिकाउँछन् प्राविधिक

बगैंचा व्यवस्थापन तथा बिरुवा काँटछाँट गर्न सिकाउने उद्देश्यले कृषि प्राविधिक किसानका स्याउ बगैंचामा पुग्न थालेका छन्।

किबी पकेट क्षेत्र बनाइँदै सुनकोसीको महाभारत क्षेत्र

सिन्धुलीको सुनकोसी गाउँपालिकामा किबीको पकेट क्षेत्र विस्तार गरिने भएको छ।

सेवाग्राहीका घरमा बिरुवा रोप्दै जीवन विकास

लघुवित्त वित्तीय संस्था जीवन विकासले सेवाग्राहीका घरमा बिरुवा रोप्ने अभियान सञ्चालनमा ल्याएको छ।

आधुनिक कृषिले बदलेका चिनियाँ गाउँहरू, यसरी बन्दैछन् गरिबी निवारणका उदाहरण

चिनियाँ राष्ट्रपति सि जिन पिङले अगाडि सारेको गरिबी निवारणको केन्द्र बनेको छ। कृषि पेसालाई नै आधुनिक तरिकाले अगाडि बढाएको सो स्थानबाट क्रमशः गरिबी एकादेशको कथा बन्न पुगेको छ।

सिन्धुलीका युवा व्यावसायिक ड्रागन खेतीतर्फ आकर्षित

बाटो पहिल्याउन सके गाउँकै माटोमा पसीना अनुसारको पैसा भेटिन्छ। टिप्न मिहेनत र परिश्रम गर्नुपर्छ, काम खोज्दै देशविदेश भौंतारिरहनु पर्दैन, सिन्धुलीको दुधौली नगरपालिका-६ हर्षाही, बताहीका भरत काफ्लेलाई यसैको ज्वलन्त उदाहरणका रूपमा लिन सकिन्छ।

अनुदानको कागती बिरुवामा फल्यो बिमिरो !

इलाम नगरपालिका वडा ४ ले अनुदानमा बाँडेको कागतीको बिरुवामा बिमिरो (अमिलो जातको अर्कै फल) फलेको छ। सुनकागती भनेर वडाले बाँडेको बिरुवामा बिमिरो फलेको किसानले गुनासो गरेका छन्।

किसानलाई घाँसका बिरुवा वितरण

पशुपालनलाई व्यवस्थित गर्ने उद्देश्यले पाल्पाको रामपुर नगरपालिकाले किसानलाई उन्नत जातका घाँस बिरुवा वितरण गरेको छ।

आज हरिशयनी एकादशी पर्वः तुलसीको बिरुवा सारिँदै

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ।

झापामा ‘टिस्यु कल्चर’ प्रविधिबाट केराको बिरुवा उत्पादन

झापा जिल्लामा टिस्यु कल्चर प्रविधिबाट केराका बिरुवा उत्पादन गर्न थालिएको छ। योसँगै भारत र वीरगञ्जबाट बिरुवा ल्याउनुपर्ने झन्झटबाट यहाँका किसान मुक्त भएका छन्।

बिक्दैनन् फलफूलका बिरुवा

गुल्मीको रेसुंगा नगरपालिका-९ मा वीरबहादुर कार्कीले उत्पादन गरेका बिरुवालाई बजारीकरणको समस्या देखिएको छ। रेसुंगा मदाने जडीबुटी तथा कृषि उत्पादन प्रशोधन प्रालि दर्ता गरेर १६ वर्षदेखि उनी बिरुवा उत्पादनमा सक्रिय छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्