१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

एक सातामा २६ अर्ब रूपैयाँले बढ्यो निक्षेप

वित्तीय संस्थामा तरलता अभाव हुन लागेका बेला पछिल्लो एक सातामा वाणिज्य बैंकहरूले २६ अर्ब रूपैयाँ निक्षेप संकलन गरेको तथ्यांक सार्वजनिक भएको छ।

खोप उत्पादन बढाउने पाँच उपाय

अर्काे चुनौती भनेको खोपको बौद्धिक सम्पत्ति अधिकार हो। केही राष्ट्रले खोप उत्पादन प्रविधिलाई आफ्नो बौद्धिक सम्पत्ति अधिकार अन्तर्गत राख्न चाहेका छन्। यसरी महामारीले विश्वव्यापी संकट निम्ताए पनि जीवन रक्षक मानिएका औषधिलाई निजी स्वामित्वमा राख्न खोजिएको छ।

सरकारले बुधबारदेखि राज्यकोषबाट खर्च गर्न नपाउने

आजको बैठकपछि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अर्थमन्त्री शर्माले केही दिन सरकारको खर्च रोकिन सक्ने जानकारी दिए। नेपालमा सरकारको खर्च नै रोकिन लागेको सम्भवतः यो पहिलो पटक हो।

साढे चार महिनापछि खुल्यो पशुपतिनाथ मन्दिर

पशुपतिनाथाको मूल मन्दिर साढे चार महिनापछि आज बिहान ५ः३० बजेदेखि भक्तजनका लागि खुला गरिएको छ।नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न गत वैशाख १० गतेदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो। साढे चार महिनापछि खुलेको पशुपतिनाथ मन्दिरमा दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ।

युवा स्वरोजगार कोषको कार्यकारी निर्देशकमा अधिकारी

वि.स.२०६५ सालमा स्थापना भएको कोषले अहिलेसम्म ७७ हजार ६ सय २८ रोजगारी सृजना गरेको जनाएको छ। कोषले सहकारी लगायतका वित्तीय संस्था मार्फत लगानी गरी स्वरोजगार सृजना गर्छ।

जलहरी घोटालामा अख्तियारको छानबिन सुरु

कोषका पदाधिकारीले पशुपतिको शिवलिंगमा लगाइएको जलहरीमा १ सय ८ किलोग्राम सुन प्रयोग भएको जनाएका छन्। तर जलहरीमा ९७ किलोग्राम मात्र सुन प्रयोग भएको छ। बाँकी सुन गायब बनाइएको उजुरी अख्तियारमा परेको

सामाजिक सुरक्षा कोषको रकम दुरूपयोग गरेको आरोप

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) प्रदेश १ ले रोजगारदाताले सामाजिक सुरक्षा बापतको रकम दुरूपयोग गरेको आरोप लगाएको छ।

जीवन रक्षा कोषलाई प्रभावकारी बनाउँछौंः मुख्यमन्त्री

कोरानाबाट मारमा परेको साना उद्योगी व्यवसायीलाई लक्षित गरी ल्याइएको जीवन रक्षा कोषलाई प्रभावकारी बनाउने दृढता गण्डकी प्रदेश सरकारले व्यक्त गरेको छ । कोरोनाले झण्डै डेढवर्षसम्म व्यापार व्यावसाय ठप्प प्राय छ ।

यूएनएफपिएद्वारा नेपाललाई आठसय थान अक्सिजन सिलिन्डर हस्तान्तरण

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपिए)ले नेपाललाई थप जीवनरक्षक सामग्री प्रदान गरेको छ।

प्रतिस्पर्धा देखाउन ६० कम्पनीको भिड

लुम्बिनी विकास कोषले आह्वान गरेको ठेक्का बोलपत्रमा मिलेमतो भएको आरोप लागेपछि त्यसलाई लुकाउन करिब ५ दर्जन कम्पनीलाई प्रतिस्पर्धामा उतारिएको छ।

लुम्बिनी विकास कोष ठेक्का प्रकरण: चलखेल गर्ने यी हुन् १२ कम्पनी

निर्माण व्यवसायी महासंघ, लुम्बिनीका अध्यक्ष वलिभद्र रानाले मिलेमतोको पर्दाफास गर्न प्रधानमन्त्रीसम्म पुगेकाले आफूहरूले न्याय पाउने बताए। उनी प्रतिस्पर्धा गराएर यो ठेक्का लगाउने वातावरण भए राज्यको कम्तीमा पनि ५० करोड रुपैयाँ जोगिने दाबी गर्छन्।

बोलपत्र अघि बढाउनू : सर्वोच्च

अनुभवको प्रावधान समावेश गर्दा चारजना व्यवसायीलाई मात्र मिल्ने सर्त राखेर चलखेल गर्न खोजिएको भन्दै केही व्यवसायीले विरोध गरेपछि बोलपत्र विवादमा आएको थियो।

लुम्बिनी विकास कोष ठेक्का प्रकरण: चारजनालाई मात्र दिने प्रपञ्चमा अदालत तगारो

चारवटा प्याकेजमा तयार ठेक्का मूल्यअभिवृद्धि कर (भ्याट) बाहेक करिब साढे तीन अर्ब रूपैयाँबराबरका हुन्। यो बोलपत्रमा अनुभवको प्रावधान समावेश गर्दा चारजना व्यवसायीलाई मात्र मिल्ने सर्त राखेर चलखेल गर्न खोजिएकोमा सर्वोच्च अदालतले आइतबार रोकेको हो।

सुरक्षा कोषविरुद्ध बैंकका कर्मचारीद्वारा प्रदर्शन

सामाजिक सुरक्षा कोषविरुद्ध इटहरीका क्षेत्रका बैंकका कर्मचारीहरूले शुक्रबार दिउँसो प्रदर्शन गरेका छन्।

आर्थिक वर्ष ‘क्लोजिङ’ कालागि हिसाव मिलान गर्न कोलेनिकाद्वारा पत्राचार

आर्थिक वर्ष २०७७/०७८ को ‘क्लोजिङ’ गर्ने समय नजिक आइरहेको बेला कोष तथा लेखा नियन्त्रक कार्यालयले संघ, प्रदेश र स्थानीय तह अन्तरत जिल्लामा रहेका सबै कार्यालयलाई आ–आफ्नो कार्यालयको मासिक तथा वार्षिक हिसाव मिलानका लागि बुधबार पत्राचार गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्