१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

युवा स्वरोजगार कोषको कार्यकारी निर्देशकमा अधिकारी

सरकारले युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशकमा विश्वमोहन अधिकारीलाई नियुक्त गरेको छ।  

पूर्व बैंकर तथा अर्थविद् अधिकारीलाई चार वर्षे कार्यकालका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। व्यवस्थापनमा एमबीए तथा बीएड गरेका अधिकारीसँग बैंक तथा वित्तीय संस्थामा दुई दशक बढी काम गरेको अनुभव छ। अधिकारीले ओम डेभलपमेन्ट बैंक लगायतका बैंक तथा वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृत (सिइओ)को रुपमा काम गरिसकेका छन्।

कोषमा पदभार ग्रहण गरेका अधिकारीले उद्यमशीलता विकास गर्दै मुलुकमा स्वरोजगार सृजना गर्न काम गर्ने बताए। कोषले उद्यमशीलताको विकास मार्फत् परम्परागत उत्पादन प्रणालीमा सकारात्मक परिवर्तन ल्याउने तथा सीपयुक्त बेरोजगार युवाहरूलाई स्वरोजगारको अवसर प्रदान गर्ने लक्ष्य लिएर काम गर्दै आएको छ। वि.स.२०६५ सालमा स्थापना भएको कोषले अहिलेसम्म ७७ हजार ६ सय २८ रोजगारी सृजना गरेको जनाएको छ। कोषले सहकारी लगायतका वित्तीय संस्था मार्फत लगानी गरी स्वरोजगार सृजना गर्छ।

प्रकाशित: २४ भाद्र २०७८ १३:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App