३ मंसिर २०८१ सोमबार
image/svg+xml

गाउँपालिका अध्यक्ष शाही कांग्रेस प्रवेश

गाउँपालिका अध्यक्ष शाहीलाई शनिबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एवम् केन्द्रीय सदस्य जीवनबहादुर शाहीले पार्टी प्रवेश गराए।

खोटाङको साकेलामा कर्मचारी छनौट लोकसेवा प्रक्रियाबाट

प्रभावकारी सेवा प्रदान गर्ने उदेश्यले स्वच्छ, पारदर्शी र जनतामैत्री कर्मचारी संयन्त्र निर्माणमा गाउँपालिका लागेको र त्यसका लागि नयाँ कर्मचारी भर्ना गर्दा लोकसेवा आयोगले तय गरेको ३ चरण परीक्षाको प्रक्रिया अपनाइएको अध्यक्ष रबिप्रकाश राईले बताए।

जुम्लाको सिँजा क्षेत्रमा मालपोत र नापी कार्यालय स्थापना गर्न माग

जुम्लाको सिँजा गाउँपालिकाले सिँजा क्षेत्रमा नापी र मालपोत कार्यालय स्थापना गर्न माग गरेको छ।

जुम्ला– पातारासी– भुलभुले सडक स्तरवृद्धि गर्न माग

पातारासी गाउँपालिकाले जुम्लादेखी पातारासी र रारा जोड्ने सडक स्तरवृद्धि गर्न जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गराएको छ।

जेष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा वितरण

६ का वडा अध्यक्ष विशाल खड्काको पहलमा वडामा रहेका जेष्ठ नागरिक र एक महिलालाई चिसोबाट बच्न न्यानो कपडा वितरण गरिएको हो।

‘अहिले किरा फट्याङ्ग्रा परेको पानी खानुपरेको छैन’

तमानखोला गाउँपालिका–६ नर्जाखानीकी मनकुमारी छन्त्यालको घरै अगाडि अहिले खानेपानीको धारो बनेको छ। दैनिक धारोमा आउने स्वच्छ पानीले छन्त्यालको वर्षौंदेखिको दुःख भुलाएको छ।

तिलाका १४ जना युवती ढाका बुनाई सीप विकास तालिमबाट लाभान्वित

जुम्लाको तिला गाउँपालिका –१ मा १ महिने ढाका बुनाई सम्बन्धि पुनर्ताजगीय सीप विकास तालिम सकिएको छ। मंसिर २५ गतेदेखि शुरु भएको उक्त तालिम पुस २५ सकिएको हो।

विपन्न तथा दलित समुदायलाई न्यानो कपडा सहयोग

रौतहट र सर्लाहीको विभिन्न गाउँमा अति प्रभावितलाई जाडोबाट जोगाउन न्यानो कपडा प्रदान गरिएको हो।

ढुंगाले लागेर अर्घाखाँचीमा एक जनाको मृत्यु

मालारानी गाउँपालिका२, झरनामा निर्माणाधिन झोलुङ्गे पुलको काम गरिरहेका मजदुर ओम प्रकाश थापाको ढुंगाले लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ।

३ सय गाइभैंसीको बिमा र कृतिम गर्भाधान गर्दै तीनपाटन गाउँपालिका

चालु आर्थिक बर्षमा गाउँपालिका भित्रका ११ ओटै वडाका किसानको घरघरमै पुगेर तीन सय गाइभैंसीमा कृतिम गर्भाधान र बिमा गर्ने योजना अनुसार काम भइरहेको गाउँपालिका कार्यालय सिन्धुलीले जनाएको छ।

३ सय किलो गाँजासहित २ जना पक्राउ

रंगेली नगरपालिका–१ ववियाका ४२ वर्षीय मनोज राजवंशी र धनकुटा सहिदभूमि गाउँपालिका–२ का २९ वर्षीय बेचन भनिने हस्त राईलाई लागुऔषध गाँजासहित पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ।

इलामको रोङ गाउँपालिकाले गुन्द्रुक–सिन्की ब्रान्डिङ् गरी बिक्री गर्ने

कृषकले ब्यक्तिगत रूपमा गर्दै आएको तरकारी खेतीलाई नै आधुनिक रूपमा ब्यवस्थापन गरिएको उनले जानकारी दिए।

बागमती गोल्डकप पुष २४ गतेबाट

माघ ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ७ वटा ए डिभिजन क्लव, एउटा विदेशी र दुइवटा मोफसलको क्लव गरी १० वटा टिमको सहभागिता हुने पक्का भएको आयोजकले जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्