७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

जुम्ला– पातारासी– भुलभुले सडक स्तरवृद्धि गर्न माग

ध्यानाकर्षण बुझाउदै उपाध्यक्ष जनमाया रोकाया। तस्बिर: गोल्डेन बुढा

पातारासी गाउँपालिकाले जुम्लादेखी पातारासी र रारा जोड्ने सडकको स्तरवृद्धि गर्न जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गराएको छ।

पातारासी गाउँपालिकाले त्यो क्षेत्रमा सड्क दुर्घटना बढेकाले सडकको स्तरवृद्धि, कडा ट्राफिक व्यवस्थापन तथा डिल्लीचौरको लासीमा चामल र नूनको डिपो बिषयमा ध्यानाकर्षण गरिएको हो।

उपाध्यक्ष जनमाया रोकाया सहित वडाध्यक्षहरुको टोलीले प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीलाई भेटेर ध्यानाकर्षण गराएको छ।  

गाउँपालिकाले दिएको ध्यानाकर्षण पत्रमा भनिएको छ,  'जुम्ला जिल्ला हालको पातारासी गाउँपालिका साविक (डिल्लीचौर, छुमचौर, पातारासी, पटमारा) जुम्ला जिल्लाकै सबैभन्दा ठुलो भुगोल ओगटेको क्षेत्रफल, झण्डै ३ हजार ३ सय घरधुरी लगभग १९ हजार भन्दा बढी जनसख्या भएको चौधबिस भेग हाल पातारासी गाउँपालिका जहाँ विश्वकै अग्लो स्थानमा काली मार्सीधान फल्ने, विभिन्न जडीबुटीको भण्डार, अन्नवालीको भण्डार, जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकालाई सेतो भातको चामल सँग सिमिको दाल, तरकारी पकाउन आलु, चोतो र अन्य तरकारीलाई पकाउन खानेपानी समेत उदगम स्थल पातारासी गाउँपालिका हो। जुम्लाकै ठुलो निर्माण भइरहेको हाइड्रोपावर चुकेनी जलविद्युत आयोजना समेत सडक नुहुँदा ठुला मेसिनहरु लिन गाह्रै भई निर्माणधिन पुरा हुन नसकेको अवस्था रहेको जानकारी गराउदै केन्द्र देखि जिल्ला सम्म पनि यस गाउँपालिको पहुच पावर नहुदा जहाँ स्वास्थ्य, शिक्षा, संचार, सडकले पछि परेको पातारासी गाउँपालिका भएको छ। यस गाउँपालिकामा विगत दशौ वर्ष देखि समेत यहाँको सडकको स्तरवृद्धि हुन नसक्दा दजौनौ सवारी साधनहरु दुर्घटना र दर्जनौ मानिसले अकालमा ज्यान गुमाउनु परेको अवस्था झेल्दै आइरहेका छौ।'

उर्थु देखि गडीगाउँ, र जुम्ला बजार देखि उर्थु, पटमारा, नेउरीगाड, भुलभुले सम्मको सडक स्तरवृद्धि नहुदा २०७९ साल माघ १ गते पातारासी उर्थु नजिक कोटाभिडमा  जिप दुर्घटना हुँदा १ जनाको मुत्यृ हुनुका साथै १५ जना  घाइते भएको दुःखत दुर्घटना सडकको अवस्था खरावी, बाटो साघुरो, सिटभन्दा बढी यात्रु चढाउन बाध्यता  रहेको ध्यानाकर्षणमा उल्लेख छ।

ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख केशरीले जुम्ला पातारासी सड्कको बिषयमा अनुगमन गरिने बताए। उनले ट्राफिक व्यवस्थापनका विषयमा स्थानीय सरकारले पनि ध्यान दिनुपर्ने र नूनचामलको डिपो बिषयमा केन्द्रमा पहल गर्ने जनाए।

गाउँपालिकाले संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय,कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय,जुम्लाका प्रतिनिधि तथा प्रदेशसभा सदस्यहरुलाई ध्यानाकर्षण गराएको छ।  

प्रकाशित: ५ माघ २०७९ १२:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App