७ वैशाख २०८१ शुक्रबार
अर्थ

विमानस्थल ‘पिच’ अन्तिम चरणमा

नरहरिनाथ गाउँपालिका—१कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थल कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ। विमानस्थलको टावर,भवन निर्माण भएपछि विमानस्थल  कालोपत्रेको काम अन्तिम चरणमा रहेको हो।

धावनमार्गको ६ सय ९० मिटर लम्बाई र ६० मिटर चौडाई रहेको छ। २०४२ साल बाट विमानस्थल निर्माणसुरु गरीएको हो। विमानस्थलको अहिले सबै काम ९५ प्रतिशत भईसकेको  विमानस्थल निर्माणमा खटिएका प्रबन्धक आयोजना प्रमुख रत्नबहादुर श्रेष्ठले बताए।

उनले भने ‘अहिले विमानस्थलको काम तिब्र गतिमा हुदै छ। पिचको काम पनि ८५ प्रतिशत भएको छ। अब कलर लगाउने काम पनि सुरु हुदै छ । विमानस्थलको सबैकाम फाल्गुन महिनाको पहिलो हप्तामा सम्पन्न हुन्छ।’  

विमानस्थलसम्म निर्माण सामग्री लैजान ठेकेदार कम्पनीहरुलाई सकस छ। ‘कच्ची,अफ्ठ्यारो सडक भएकाले निर्माण सामग्री लिन निकै गाह्रो थियो अहिले धमाधम काम भईरहेको छ।’ गौरी पार्वती÷श्याम एण्ड शंकर जेभीका प्रतिनिधि कलम केसीले भने, हामीलेअरु काम सकेर  पिचि र कलरको कामसुरु गरेका छौं। फाल्गुनसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ।’

गौरी पार्वती श्याम एण्ड शंकर जेभीले पिच गर्ने,नाला,माटो काट्ने गरी १३ करोड ८१ लाख रुपैयाँ भ्याटसहित ठेक्का लिएको छ। त्यस्तै भवन र टावर निर्माणका लागि पिआर ईन्फ्रास्टक्चरले ३ करोड ४७ लाख ७४ भ्याटसहित ठेक्का लिएर काम गरिएको छ। २०४२ सालमा तत्कालीन जिल्ला विकास समिति कालिकोटले १ लाख रकम विनियोजन गरेर कामसुरु गरेको सुनथराली विमानस्थलको कालोपत्रेकोकाम ३८ बर्ष पछि पुरा हुनलागेको छ।

सशस्त्र द्वन्द्वका क्रममा विमानस्थल बनाइरहेका धादिङको जोगीमाराका १७ सहित ३५ जनालाई स्थानीय एक विष्टको घरको आँगनमा २०५८ सालमा सेनाले एउटै चिहान बनाएको थियो।

त्यसयताबन्दरहेको विमानस्थलको निर्माण कार्य देशमा शान्ति स्थापनापछि पुनः सुरु भयो  कामले तत्काल गति लिन नसक्दा  अहिले सम्म  विमानस्थल सञ्चालनमाआउन सकेको छैन्।

२०७३ माघ २९ गते परीक्षण उडान भएको विमानस्थलमा फेरी चिलगाडी फर्केर आएको छैन। अब विमानस्थल कालोपत्रेको काम अन्तिम चरणमा रहेकाले जहाज आउने स्थानियमाआशा पलाएको छ।

प्रकाशित: २३ पुस २०७९ १२:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App