नेपाली लघुकथाको उन्नयनमा समर्पित संस्था लघुकथा समाज नेपालले वार्षिक रूपमा प्रदान गर्दै आएको तीन सम्मान तथा पुरस्कारको घोषणा गरेको छ।
समाजको हालै बसेको कार्यसमिति बैठकले ‘बाटुली-खिलध्वज लघुकथा सम्मान-२०८२’ लघुकथाका क्षेत्रमा पनि कलम चलाउँदै आएका साहित्यकार त्रिलोचन ढकाललाई, ‘सावित्री–केशर कथा सम्मान-२०८२’ कथाकार डा. दीनबन्धु शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ।
त्यस्तै समाजले कथाकार रत्न प्रजापतिलाई ‘धनमान कथा पुरस्कार-२०८२’ प्रदान गर्ने निर्णय गरेको छ।
उक्त तीनै सम्मान तथा पुरस्कारको निर्णय भएको समाजका अध्यक्ष तुलसीहरि कोइरालाले जानकारी गराए।
प्रकाशित: १५ माघ २०८२ ०७:५९ बिहीबार





