अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी–२० विश्वकप २०२६ को सफल समापन पछि पुरस्कार वितरण गरेको छ।
आईसीसीले प्रतियोगीताको लागि छुट्याएको कुल ११.२५ मिलियन रकम वितरण गरेको हो।
जसअनुसार विश्वकप जितेको भारतले सबैभन्दा धेरै पुरस्कार रकम प्राप्त गरेको छ । न्यूजिल्यान्डलाई ९६ रनले हराउँदै उपाधि पाएको भारतले सर्वाधिक २६ लाख ३९ हजार ४२३ अमेरिकी डलर प्राप्त गरेको हो।
यस्तै, उपविजेता न्यूजील्याण्डले १४ लाख २२ हजार ६९२ अमेरिकी डलर पाएको छ । त्यसैगरी, दक्षिण अफ्रिकाले १० लाख ५ हजार ५५७ अमेरिकी डलर प्राप्त गर्दा इंग्ल्याण्डले ९ लाख ७४ हजार ४२३ डलर र वेस्ट इन्डिजले ५ लाख ३८ हजार २६९ अमेरिकी डलर प्राप्त गरेको छ।
प्रतियोगीतामा सहभागी अन्य टोलीहरुले पनि पुरस्कार रकम पाएका छन्। जसमा नेपालले २,५६,१५४ अमेरिकी डलर प्राप्त गरेको छ। आजको डलरको मूल्यअनुसार नेपालले आईसीसीबाट कूल ३ करोड ७६ लाख ६६ हजार रुपैयाँ पाएको छ।
विश्वकपको समूह ‘सी’मा रहेको नेपालले समूहचरण खेलमा स्कटल्यान्डलाई मात्र हराउन सक्यो भने इंग्ल्यान्ड, इटाली र वेस्ट इन्डिजसँग पराजित भएको थियो।
यस्तै, पाकिस्तानले ५,२२,६९२ डलर, जिम्बाब्वेले ४,९१,५३८ डलर, श्रीलंकाले ४,७५,९६२ डलर, अफगानिस्तानले ३,०९,८०८ डलर र अस्ट्रेलियाले ३,०९,८०८ डलर पाएको छ ।
त्यसैगरी, संयुक्त राज्य अमेरिकाले ३,०९,८०८ डलर, स्कटल्याण्डले २,७८,६५४डलर, आयरल्याण्डले २,७१,७३१ डलर, इटालीले २,५६,१५४ डलर, नेदरल्याण्डले २,५६,१५४ डलर, युएईले २,५६,१५४ डलर, क्यानडाले २,२५,००० डलर, नामिबियाले २,२५,००० डलर र ओमानले २,२५,००० डलर प्राप्त गरेको छ ।
आईसीसीले टोलीको आधारभूत सहभागिता भुक्तानी, अन्तिम टोली प्लेसमेन्ट, जित बोनस र प्रतियोगिताको प्रत्येक चरणमा प्रगतिको मूल्याङकन अनुसार रकम वितरण गरेको जनाएको छ।
प्रकाशित: २७ फाल्गुन २०८२ १७:३९ बुधबार





