भरतपुर महानगरपालिका-१४ राधापुर नहरमा गए राति मोटरसाइकल खस्दा एकजनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार भरतपुर महानगरपालिका-१६ का ४० वर्षीय विनोद सुवेदी रहेको मृत्यु भएको हो।
गम्भीर घाइते भएका सुवेदीको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ।
प्रकाशित: १५ माघ २०८२ ०८:१८ बिहीबार





