१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

इलामको रोङ गाउँपालिकाले गुन्द्रुक–सिन्की ब्रान्डिङ् गरी बिक्री गर्ने

ईलाम जिल्लाको रोङ गाउँपालिकाले गुन्द्रुक–सिन्कीको प्रवद्र्धन शुरू गरेको छ। पालिकाका अगुवा कृषकहरुलाई प्रदेश,पालिका र स्थानिय सहकारीको साँझेदारीमा कार्यक्रम संचालन गरेको हो।

बजारमा खपत भई उब्रीएका साग र मूलालाई व्यवस्थापन गर्न गुन्द्रुक–सिन्की प्रवद्र्धन कार्यक्रम शुरू गरिएको रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले बताए। कृषकले ब्यक्तिगत रूपमा गर्दै आएको तरकारी खेतीलाई नै आधुनिक रूपमा ब्यवस्थापन गरिएको उनले जानकारी दिए।

‘प्रत्येक कृषकले घरमा नै उत्पादन गरेको गुन्द्रुक र सिन्कीलाई आवश्यक लेबलिङ गर्नेगरी कार्यक्रम शुरु गरेका हौं, बजारमा बिक्री गरे बाहेक पनि पालिकाले कृषकलाई प्रतिकेजी अस्सि रुपैयाँ अनुदान सहयोग गर्नेछ’, अध्यक्ष स्याङ्बोले भने। प्रदेश नम्बर १को कृषि मन्त्रालय, गाउँपालिकाा र स्थानीय सहकारीको आर्थिक सहयोग र स्विस सरकारको प्राबिधिक सहयोगमा पालिकाका ५ वटा वडामा कार्यक्रम संचालन गरिएको हो।

रोङ गाउँपालिकाले शुरुवाति ३ महिना गुन्द्रुक–सिन्की लेबलिङका लागी फुड टेक्निसयन समेत नियुक्त गरेको छ। मौलिक तरकारीलाई नै ब्यवस्थित रूपमा खेती र बजारीकरण गर्दा आँफुहरुलाई राहत मिलेको स्थानीय कृषक एवं शिक्षक गोबिन्द पौडेलको बुझाई छ।

उनका अनुसार गुन्द्रुक–सिन्की उत्पादन गर्न छुट्टै ज्ञान आवश्यक नहुने हुँदा पनि कार्यक्रम प्रभावकारी बन्दै गएको छ। जानकारी नै नभएका नयाँ र बाह्य बालि ल्याएर कृषकले परिक्षण गर्नुभन्दा रैथाने बालिलाई बजारीकरण गर्नसके सबैलाई फाइदा हुने उनले बताए।

मुला र सागको अत्याधिक उत्पादन हुने तर एकैसाथ बजारमा पुग्दा उचित मूल्य नपाएकोमा कृषकले गुनासो गर्दै आएका थिए। पालिकाका अधिकांश क्षेत्रमा साग, मुला, अकबरे खुर्सनी, र इस्कुसको उत्पादन भएपनि भौगोलिक कठिनाईका कारण उचित बजार पाउन सकेको थिएन।

प्रकाशित: १७ पुस २०७९ १४:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App