बाराका थरीथरी स्वाद
केही युवा गफमा व्यस्त देखिन्थे, केही भने बाराको स्वाद लिँदै। बिकुमाया बज्राचार्य (७२) भने मासको बारा बनाउन व्यस्त थिइन्। उनकी बुहारी ग्राहकलाई बारा पु-याउँदै थिइन्।
केही युवा गफमा व्यस्त देखिन्थे, केही भने बाराको स्वाद लिँदै। बिकुमाया बज्राचार्य (७२) भने मासको बारा बनाउन व्यस्त थिइन्। उनकी बुहारी ग्राहकलाई बारा पु-याउँदै थिइन्।
वर्षभरकै उत्कृष्ट गुणस्तरको चिया उत्पादन हुने समयमा श्रमिकले आन्दोलन चर्काएपछि करोडौं रुपैयाँको हरियो चियापत्ती नष्ट हुँदैछ। फस्ट फ्लस (पहिलो टिपाइ)कै बेला श्रमिकले बगान र कारखाना ठप्प पारेपछि चियाको मुना हुर्किएर जाने भएको हो। पूर्वका चिया श्रमिक चैत १७ यता आफू कार्यरत चिया प्रतिष्ठान बन्द गरेर आन्दोलनमा छन्। उनीहरूले बगानको हरियो पत्ती टिप्न छाडेका छन् भने कारखानाहरू बन्द गराएका छन्। उच्च गुणस्तर हुने भएकाले सबैभन्दा बढी मूल्यमा बिक्ने चिया थोरै नष्ट भएपनि बढी मूल्यको घाटा हुनसक्ने उद्योगी बताउँछन्। चिया उद्योग–प्रतिष्ठानले न्यूनतम् ज्याला र सामाजिक सुरक्षा ऐन कार्यान्वयन नगरेको भन्दै श्रमिकले आन्दोलन चर्काएका हुन्। आन्दोलनका कारण विशेषगरी ठूलो परिमाणको चिया उत्पादन हुने झापा र इलामका उद्योग–बगान बन्द छन्।
विगत १४ वर्षदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखानाको संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले मंगलबार स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन्। चिनी कारखाना पुनः सञ्चालनका बेला मन्त्री यादवले निरीक्षण गरेका हुन्।
जयबहादुर राई, ४२, हेर्दै हट्टाकट्टा र खाइलाग्दो ज्यान। लाहुरेको जस्तो सर्लक्क परेको शरीर र कपाल कटाई। संखुवासभाको पाँचकपन गाउँपालिका–८ चुङखुरुङबाटै विद्यालय तहको पढाइ सके। अनि लागे राजधानीतिर उच्च शिक्षामा जुट्न। सानैदेखि फुर्तिला राईलाई राजधानीको पढाइले मात्र सन्तुष्ट दिएन, अनि कामको खोजीमा जुटिहाले।
असन्तुलित खाना खाने तर व्यायाम नगर्ने मानिस धेरै छन्। जसले मोटोपना बढ्ने र पाचन प्रणालीमा विभिन्न रोग लाग्ने गर्छ। पाचन प्रणाली स्वस्थ भएन भने निरोगी भएर बाँच्न सम्भव नै हुँदैन। त्यसोभए पाचन अंगहरूमा लाग्ने रोग के–कस्ता छन् त ? ती रोगका उपचार के–कसरी हुन्छ ?
उद्योग, वाणिज्यमन्त्री मातृका यादवले प्रदेश २ को सरकारसँग जनकपुर चुरोट कारखाना लिमिटेड खाली गराउन निर्देशन दिएका छन्। चुरोट कारखाना पुनः सञ्चालनका लागि लगानीकर्तालाई आह्वान गरिसकेको उल्लेख गर्दै आइतबार कारखानाको पुरानो महानिर्देशक कार्यालयमा पत्रकार सम्मेलन गरी उनले भने, ‘अस्तिसम्म चुरोट कारखानाको आवास क्षेत्रमा प्रदेश सरकारको सचिवालय राखिएकोमा आज आउँदा कारखानाको बोर्ड हटाएर कारखानाको मूलगेटमा समेत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लेखिएको बोर्ड झुन्ड्याइदिएको रहेछ।’
‘बा जेल गएपछि भात खान पाएका छैनौं, आटो मात्र खाएर बाँच्नुपरेको छ,’ आफ्नै विद्यार्थी नौ वर्षीया अलिना परियारले दुखेसो पोखेको सुनाउँदै रोल्पा नगरपालिकास्थित मावि कोटगाउँकी शिक्षिका उपासना मल्लले सुनाइन्, ‘भात खान मन लागेको छ नि, तर के गर्नु, घरमा छैन। गएको दसैंतिहारमा पनि भात खान पाएनाैँ।’ शिक्षिका मल्लले पढाउने विद्यालयमा अलिना र उनका दुई दाजु हाम्रै स्कुलमा पढ्छन् तर खानेकुराकै जोहो गर्न नसकिरहेका उनीहरूले अत्यावश्यक शैक्षिक सामग्री पनि जुटाउन सकेका छैनन्। आर्थिक अभावले गाँजेपछि अलिनाकी १४ वर्षीया दिदी भने विद्यालय छाडेर इँटाभट्टामा काम गर्न गएको मल्लले बताइन्।
निजामती किताबखानाको उद्देश्यमा भनिएको छ, ‘सरकारका विभिन्न निकायलाई नीति निर्माणका लागि आवश्यक पर्ने कर्मचारीसम्बन्धी सूचना तथा तथ्यांक उपलब्ध गराउने।’ निजामतीतर्फका सम्पूर्ण कर्मचारीको अभिलेख अद्यावधिक राख्ने किताबखानाले कर्मचारीको नक्कली प्रमाणपत्र वा अन्य व्यक्तिगत विवरणबारे शंका उत्पन्न भएमा सम्बन्धित निकायलाई उपलब्ध गराउँदै आएको छ। तर, त्यस्तो जिम्मेवार निकायको हाकिम नक्कली प्रमाणपत्र पेस गरी जागिर खाएको प्रमाणित भएका व्यक्ति छन्।
नेपाली खेलाडी जिस्वाँ तुलाधार श्रेष्ठ ‘सुपरस्टेज थाइल्यान्ड जिमखाना कम्पिटिसनमा’ मा तेस्रो भएकी छन्। थाइल्यान्डको बैंककमा आइतबार भएको ‘सुपरस्टेज थाइल्यान्ड जिमखाना कम्पिटिसन २०१८’ को महिलातर्फ जिस्वाँ तेस्रो भएकी हुन्।
विपी राजमार्गका होटलमा ताजा र गुणस्तरिय खाना पाउँन मुस्किल पर्न थालेको छ। ट्रयाक सडक हुँदासम्म गुणस्तरिय मिठो खाना पाइने यहि राजमार्गमा सवारी चाप बढेसँगै खुलेका होटलले खानाको गुणस्तरमा भन्दा व्यापारमा प्रतिस्पर्धा गर्न थालेपछि यात्रुका लागि गुणस्तरिय खाना खुवाउने होटलको अभाव देखिएको छ।
उत्तरी चीनको हेबेइ प्रान्तको जाङ्गजीआकुउ शहरमा अवस्थित एक रासायिक कारखाना नजिकै भएको विस्फोटमा परी कम्तीमा २२ जनाकाे मृत्यु भएको छ।
जेनेरल मोटर्स (जिएम)ले क्यानडाको ओसावामा रहेको आफ्नो मोटर उत्पादन कारखाना बन्द गर्ने अनुमान गरिएको छ।
प्रायः नेपालीको घरमा दसैंमा मासुकै परिकारहरु पाक्ने गर्छ । शुद्ध शाकाहारी खाना खानेहरुका लागि पनि घरमै धेरै परिकारहरु बनाएर खान सकिन्छ।
यो नेपालगञ्जको पुरानो खाना हो । चिकेन र भेज बिरियानी पाइन्छ । मासु र भात छुट्टाछुट्टै पकाउने । त्यसपछि दुवैलाई मिक्स गरेर पकाउने । यसमा मासु राम्रोसँग बनाउँदा यसको स्वाद मिठो हुन्छ । यसमा धनियाँ, खुर्सानी, तेजपात, जिरा, जाइफल, जवत्री मसला प्रयोग गरिन्छ।
श्रीराम उद्योग प्रालि बुटवल नामको ट्रेडमार्क चोरी गरी नक्कली स्टिकर बनाएर फ्याक्ट्री सञ्चालन गरेको आरोप लागेका सन्तोष भट्ट एक करोड रुपैयाँ धरौटीमा छुटेका छन्।