तीन हजार कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण
हरेक वर्ष आर्थिक वर्ष सकिएको ६० दिनभित्र आफ्नो र आफ्नो परिवारको सदस्यको नाममा रहेको चलअचल सम्पत्तिको सम्पत्ति विवरण बुझाउनु पर्ने प्रावधानलाई करिव ३ हजार निजामती कर्मचारीहरूले उल्लंघन गरेका छन्।
हरेक वर्ष आर्थिक वर्ष सकिएको ६० दिनभित्र आफ्नो र आफ्नो परिवारको सदस्यको नाममा रहेको चलअचल सम्पत्तिको सम्पत्ति विवरण बुझाउनु पर्ने प्रावधानलाई करिव ३ हजार निजामती कर्मचारीहरूले उल्लंघन गरेका छन्।
हरियो गार्डेन। कलात्मक तरिकाले सजाएर राखिएका गमलाहरू । लामबद्ध गरी मिलाएर राखिएका बेतका कुर्सी। बाहिरबाट हेर्दा यस्तो लाग्छ, प्रकृतिसँग मानिसको प्रत्यक्ष संवाद हुने एउटा थलो हो।
मुस्फिकर रहिमले खेलजीवनकै उत्कृष्ट प्रदर्शन गरेको दिन बंगलादेशले शनिबार श्रीलंकामाथि १ सय ३७ रनको फराकिलो जित हात पार्दै एसिया कप २०१८ मा सुखद सुरुआत गरेको छ।
फोन थिच्यो केही समयमा सेवा आफू बसेको ठाउँमै आइपुग्छ । ग्राहकले फोन तथा अनलाइनमार्फत अर्डर दिन्छन् । अन्य सामानको हैन खाना तथा खाजाको । रेष्टुराँमा अर्डर टिपाएपछि रेष्टुराँ वालाले ग्राहकलाई फोन गरेर लोकेसन र खाजा, खाना के हो, कति हो निश्चित गर्छन् । अर्डर निश्चित भएपछि (पार्टनर) रेष्टुराँमा खाजा तयार हुन्छ । डेलिभरी स्टाफलाई म्यासेज आउँछ । डेलिभरी स्टाफ रेष्टुराँमा पुग्छन् । प्याकिङ भएको खाजा तथा खाना मोटरसाइकलमा बोकेर स्टाफ ग्राहकको लोकेसनतर्फ लाग्छन् । खाजा तथा खाना घर अफिसमा आईपुग्छ ।
हाल विदेशमा छापिँदै आएका हुलाक टिकट, राजस्व स्टिकर, नागरिकताको प्रमाणपत्र, राहादानी र जग्गाधनी लालपुर्जाजस्ता संवेदनशील कागजपत्र छाप्न छापाखाना खोल्ने तयारी सुरु भएको छ।
सदर चिडियाखाना केही वर्ष भित्रमा भक्तपुरकाे सूर्यविनायकमा विस्तार गरिने भएकाे छ।
अघिल्लो सरकारले गत भदौ १४ देखि फागुन ३ सम्म गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने ओली सरकारको निर्णयको पहिलो असर राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको बैठकमा परेको छ।
भरतपुर महानगरपालिका–४, शिवघाटमा रहेको रङ कारखाना एभरेष्ट कलर प्रालिमा बुधबार बिहान आगलागी भएको छ।
भारतको दक्षिणी राज्य तमिल नाडु सरकारले देशकै सबैभन्दा ठूलो तामा कारखाना स्थायी रूपमा बन्द गर्न सोमबार आदेश दिएको छ ।लन्डनमा सूचीकृत भेदान्त कम्पनीले सञ्चालन गरिरहेको थुथुकुडीस्थित तामा कारखानाबाट निक्लिरहेको प्रदुषणको विरोध गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई प्रहरीले गोली प्रहार गर्दा गत साता १३ जनाको मृत्यु भएको थियो ।
खास नाम त उसको बेखानारायण हो । तर, सजिलो प्रयोगका लागि ‘बेखानाराँ’ हुन पुग्यो । भाषा खिइँदै जान्छ भनिन्छ नि । बेखानारायण पनि खिइँदै–खिइँदै बेखानाराँ भएको हुनु पर्छ।
धुलिखेलमा पर्यटक तान्न यहाँका संघ–संस्थाले प्रत्येक वर्षको अन्तिम दिन र नयाँ वर्षको पहिलो दिन पर्यटन मेला तथा सडक खाना महोत्सव गर्ने भएका छन्।
चितवनको भरतपुरस्थित नारायणी नेपाल कागज उद्योगमा आज बिहान आगलागी भएको छ ।
ललितपुरमा रहेको नेपालको एकमात्र चिडियाखाना अवलोकन गर्ने पर्यटकहरुको संख्यामा बृद्धि भएको छ। जैविक विविधताको संरक्षणका लागि विस १९८९ मा श्री ३ जुद्ध शमशेरले स्थापना गरेको सदर चिडियाखानाको व्यवस्थापन राष्ट्रिय प्रकृति संरक्षण कोष गरेसँगै पर्यटकहरुको संख्यामा वृद्धि भएको हो।
बेसीसहरस्थित सामुदायिक अस्पतालमा छोरीको उपचार गराइरहेकी श्रीमञ्ज्याङकी राममाया नेपाली हस्याङ–फस्याङ गर्दै अस्पताल छेवैको होटलमा पुगिन् र खाना अर्डर गरिन्। होटल संचालकले सोधे, ‘खाना बिरामीलाई कि, कुरुवालाई ?’ उनले उत्तर दिइन्, ‘छोरी बिरामी छे उसैलाई।’ होटल सञ्चालकले जवाफ दिए, ‘बिरामीलाई अस्तालमै खाना खुवाइन्छ, त्यो पनि सित्तैमा।’ राममाया फनक्क फर्किइन्।
तेस्रो मुलुकमा नेपाली अर्गानिक चियाको माग बढिरहेका बेला नेपालका लागि चिनियाँ राजदूत यु होङ चीनमा नेपाली चियाको बजार सम्भाव्यता खोज्दैछिन् । आफ्ना आर्थिक सल्लाहकारसहित इलाम आएकी उनले जिल्लाका चिया कारखानामै पुगेर चियाको गुणस्तरबारे जानकारी लिन थालेकी हुन्।