coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बालुवाटारमा डेढ सय जनाको खाना अलपत्र

काठमाडौं–अघिल्लो सरकारले गत भदौ १४ देखि फागुन ३ सम्म गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने ओली सरकारको निर्णयको पहिलो असर राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको बैठकमा परेको छ।

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको परामर्श परिषदको बैठक आज बिहीवार विहान बालुवाटारमा बोलाइएको थियो । प्राधिकरणका सिइओ युवराज भुसालकै नियुक्ति खारेज भएपछि परिषदको बैठक बस्न सकेन र बैठकका लागि निम्त्याइएका झन्डै डेढ सय जनाको खाना सदुपयोग हुन पाएन। बैठक नै नबसेपछि कतिपय सहभागी बालुवाटार पुगेनन् भने पुगेका पनि फर्के।

बैठकमा सहभागी हुनेहरुलाई खाना खुवाउनका लागि बालुवाटारमा पाल गाडिएको थियो र विहानको नास्तासँगै दिवाभोजनको तयारी गरिएको थियो ।

बैठकका लागि गएको आभार व्यक्त गरेर फर्केः सिइओ भुसाल
पूर्व निर्धारित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको परामर्श परिषदको बैठकको तयारीका लागि प्राधिकरणका कार्यकारी निर्देशक युवराज भुसाल विहान साढे आठ बजे नै बालुवाटार पुगेका थिए। बुधवार दिनभरी र साँझ प्रधानमन्त्री व्यस्त भएपछि परामर्श परिषदको बैठक अघिको परामर्शका लागि भुसाल अलि चाँडै बालुवाटार पुगेका थिए।

कार्तिक ६ गतेदेखि प्राधिकरणको नेतृत्व सम्हालेका भुसाल बैठकका लागि बालुवाटार पुगेपछि बल्ल गाँइगुँइ सुरु भयो। नियुक्ति खारेज भइसकेका सिइओलाई कसरी बैठकमा सामेल गराउने? केही क्षणको पर्खाइ पछि प्रधानमन्त्री ओलीका स्वकीय राजेश बज्राचार्य आएर भुसाललाई भने, ‘सर पनि खारेजी निर्णयमा पुर्नभएछ। ख्यालै भएन। अब बैठक के गर्नेहोला?’

भुसालले बडो शालिनताका साथ वातावरणलाई सहज बनाइदिए । भुसालले सुझाए, ‘सरकारको ‘ब्ल्यांकेट’ निर्णयमा म पनि परे। तत्कालै अर्को नियुक्ति गरेर बैठक सुचारु गर्न सम्भव छैन । आजको बैठक रद्द गरौं।’
भुसालकै परामर्शमा दश बजेका लागि बोलाइएको बैठक रद्द भयो। सहभागी हुने सदस्यलाई सोही अनुसार खवर गर्न लगाइयो ।

बैठकका लागि जाँदा भुसाललाई पनि आफू खारेजीमा परेको थाहा रहेनछ । रेडियो सुन्दै जाँदा थाहा पाएका रहेछन् । उता प्रधानमन्त्री र उनको टिमलाई पनि विहानको बैठक र त्यसका हर्ताकर्ता प्राधिकरणका सिइओ पनि खारेजीमा परेको हेक्का रहेनछ।

बालुवाटार पुगेर आफू पदमा नरहेको प्रष्ट भएपछि भुसालले प्रधानमन्त्रीलाई एक पटक भेटेर धन्यवाद दिन चाहेको बताए। आधा घन्टाको पर्खाइपछि उनले प्रधानमन्त्रीलाई भेटे र पाँच महिनाभन्दा बढि काम गर्न पाएकोमा आभार व्यक्त गरे । सोही भेटमा प्रधानमन्त्री ओलीले भने, ‘तपाई पनि (भुसाल) खारेजीमा परेको ख्यालै भएन। विहानमात्र थाहा पाएँ।’ निर्णयलाई सहजतापूर्वक लिएकोमा ओलीले धन्यवाद भने।

परामर्श परिषद के हो?
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको परामर्श परिषदले निर्देशक समितिलाई परामर्श दिने काम गर्छ। यसमा झन्डै सय जना जति सदस्य छन् । सदस्यहरुमा पूर्वप्रधानमन्त्रीहरु, सचिवहरु, कार्यकारी परिषदका सदस्यहरु, भूकम्प प्रभावित १४ जिल्लाका सांसदहरु लगायतका सदस्य रहेका छन् । आजको बैठकमा १४ जिल्लाका सांसदहरु (प्रदेश र केन्द्रका)लाई बहाली गर्ने कार्यक्रम थियो।

प्रकाशित: २१ असार २०७५ ०७:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App