२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी विधेयक चालु अधिवेशनमै ल्याउँछौँ: मन्त्री देवी

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले संसदको चालु अधिवेशनमै संसदीय समितिले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनका सम्बन्धमा आवश्यक पर्ने विधेयक दर्ता गर्ने कोसिस भइरहेको बताएकी छिन्।

नदीजन्य पदार्थको दोहन रोक्न गस्ती

कञ्चनपुरमा चुरे क्षेत्रबाट अवैधरूपमा हुने नदीजन्य पदार्थको उत्खननको कार्य रोकथामका लागि कार्य अगाडि बढाइएको छ।

चुनढुंगा उत्खननका कारण गाउँ नै पहिराको उच्च जोखिम

उदयपुरको कटारी नगरपालिका-८ मा रहेको टाँटरी गाउँ पहिराको उच्च जोखिममा रहेको छ। भिरालो पहाडमा रहेको बस्तीको माथिल्लो भेगबाट चुनढुंगा उत्खनन हुने गरेपछि टाँटरीका २५ घरपरिवार पहिराको उच्च जोखिममा परेका हुन्।

खानी खोजतलास गर्न ४३२ कम्पनीलाई अनुमतिपत्र

खानी तथा भूगर्भ विभाग लैनचौरले मुलुकभित्र रहेका खानी खोजतलास गर्न चार सय ३२ कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको छ।

रोकिएन चुरे क्षेत्रको अवैध दोहन

चुरे क्षेत्रको अवैध दोहन रोकिएको छैन। चुरे क्षेत्रबाट व्यापक मात्रामा गिटी र ढुंगा चोरी भइरहेको छ। चुरेबाट अवैध रूपमा ढुंगा चोरी–तस्करी भए पनि सरोकारवाला निकाय चुपचाप बसेका छन्।

चुरे सिरानका नदीजन्य पदार्थ उत्खननमा व्यापक अनियमितता

ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ को धज्जी उडाउँदै पालिका, ठेकेदार र नियामक निकायबीचको सेटिङमा नदीजन्य पदार्थ उत्खनन गरी अनियमितता गरेको महालेखापरीक्षकको प्रतिवेदनबाट खुलेको छ।

चुरे सिरानको खोलामा सीमाहिन उत्खनन

धनगढीमाई नगरपालिका–१२ र १३ चुरे पर्वतको दक्षिण पश्चिम फेदीबाट सर्रे खोला बगिरहेको छ । यो खोलाको पूर्वदक्षिण टाँसिएर सामुदायीक वन छ । चुरे र सामुदायीक वन टाँसिएरै नगपालिकाले ठेक्केदार मार्फत एक्साभेटर लगाएर खोला खनिरहेको छ ।

सेटिङमा अवैध उत्खनन, स्थानीय आजित

अनियन्त्रित उत्खनन बन्द गराउन जुटेका प्रमुख प्रशासकीय अधिकृत आफ्नै कार्यकक्षमा बन्धकमा पारिनुका साथै आक्रमणमा समेत परेका छन्।

मिलेमतोमा सर्लाही वन क्षेत्रमा अवैध उत्खनन

डिभिजन वन कार्यालय र ठेकेदारको मिलेमतोमा जानकी नगर वन क्षेत्रमा अवैध उत्खनन भएको पाइएको छ।

मर्स्याङ्दी दोहन, पानीभित्रै उत्खनन नियमन निकाय मौन

गोरखा र तनहुँको सिमानामा पर्ने मस्र्याङ्दी नदीमा अवैध रूपमा नदीजन्य पदार्थको उत्खनन भएको छ।

सर्लाहीमा अवैध उत्खनन गरिरहेका दुई जेसिबीसहित ९ टिपर प्रहरीको नियन्त्रणमा

अवैध रुपमा खोलामा उत्खनन गरिरहेका दुई जेसिबीसहित ९ टिपर र चालकलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ।

रत्न तथा आभूषण क्षेत्रको प्रवर्द्धनमा जोड

सरकारले मुलुकभित्र उपलब्ध बहुमूल्य पत्थर उत्खननमा निजी क्षेत्रसँग सहकार्य गर्ने भएको छ।

पुरातत्व विभागद्वारा अवशेषकाे उत्खनन जारी

रौतहटको मौलापुर नगरपालिका ५ पतौरामा जमिनमा भेटिएको अवशेषको उत्खनन भइरहेको छ। पुरातत्व विभागको टोलीद्वारा उत्खनन भइरहेको हो।

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न माग

उत्खननले खेतीयोग्य जमिन कटान भई डुबानको जोखिम हुने जनाउँदै राप्तीसोनारी गाउँपालिका–६ का स्थानीयले चिन्ता व्यक्त गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्