१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मिलेमतोमा सर्लाही वन क्षेत्रमा अवैध उत्खनन

डिभिजन वन कार्यालय र ठेकेदारको मिलेमतोमा जानकी नगर वन क्षेत्रमा अवैध उत्खनन भएको पाइएको छ।

सर्लाहीको जानकी जानकीनगरस्थित सव डिभिजन वन कार्यालयका कर्मचारीको मिलेमतोमा राष्ट्रिय वन अतिक्रमणका साथै माटो उत्खनन गरी बिक्री गरिएको पाइएको छ। सव डिभिजन वन कार्यालय जानकीनगरका सहायक वन अधिकृत विनयकुमार साहको मिलेमतोमा राष्ट्रिय जंगलमा पर्ने करिब पौने दुई विघा क्षेत्रफलको जग्गाबाट माछा पोखरी उत्खनन गरी माटो बिक्री गरेको खुलेको छ।

डिभिजन वन कार्यालय र ठेकेदारको मिलेमतोमा जानकी नगर वन क्षेत्रमा अवैध उत्खनन भएको पाइएको छ।

बरहथवा घर भएका मननाथ निरौलाको १३ कट्ठा १७ धुर नम्वरी जग्गा देखाएर माटो उत्खनन गर्दै पौने दुई विघा जग्गामा माछा पोखरी निर्माण गरिएको छ। वनको जग्गामा पोखरी खन्न दिएबापत निरौलासित सहायक वन अधिकृत साहले कमिसन लिएको आरोप स्थानीयले लगाएका छन्।

राष्ट्रिय जंगलको जग्गा र व्यक्तिगत जग्गा कुन हो भनेर आफूले यकिन गर्न नसकेकाले त्यस ठाउँमा माछा पोखरी खनिएको सव डिभिजन वन कार्यालय जानकीनगरका प्रमुख साहको भनाइ छ।

 मिलेमतोमा माछा पोखरी खन्न दिएको आरोप लागेपछि राष्ट्रिय जंगल र नम्बरी जग्गा छुट्याउन केही दिनमै अमिन बोलाएर जग्गा नापी गर्ने साहले जानकारी दिएका छन्।

बरहथवा घर भएका मननाथ निरौलाको १३ कट्ठा १७ धुर नम्वरी जग्गा देखाएर माटो उत्खनन गर्दै पौने दुई विघा जग्गामा माछा पोखरी निर्माण गरिएको छ।

पोखरी खनिएको जग्गा राष्ट्रिय जंगलको नभई आफ्नो निजी जग्गा भएकाले माछा पोखरी निर्माण गरेको निरौलाको दाबी छ। आफूले धेरै वर्षदेखि उपभोग गरिरहेको नम्बरी र केही ऐलानी जग्गा रहेकाले भोगचलन अनुसारै पोखरी खनेको निरौलाको तर्क छ। निरौलाको नाममा दर्ता कायम रहेको जंगलछेउको १३ कट्ठा १७ धुरबाहेक करिब डेढ बिघाभन्दा बढी जंगलको जग्गा अतिक्रमण गरी माछा पोखरी खनिएको छ।

पोखरी खनिएको जग्गा राष्ट्रिय जंगलको नभई आफ्नो निजी जग्गा भएकाले माछा पोखरी निर्माण गरेको निरौलाको दाबी छ।

राष्ट्रिय जंगल अतिक्रमण गरी माछा पोखरी निर्माण गरेको र त्यहाँको माटो उत्खनन गरेर अन्यत्र बिक्री गरेको भन्ने खबर आफूलाई आइतबार मात्र आएको हरिपुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष नानीबाबु थापाले बताएका छन्।

पौने दुई बिघाभन्दा बढी क्षेत्रमा पोखरी निर्माण भएको देखियो, पोखरी खन्दा वन कार्यालय र वडा कार्यालयलाई जानकारी दिनुपर्ने हो र वडाको सिफारिस पनि लिनुपर्ने हो तर वन र वडा कार्यालय कतैको अनुमति लिएको नदेखिएको वडाध्यक्ष थापाको दाबी छ।

प्रकाशित: ७ वैशाख २०८० ०१:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App