८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

खोलामा अवैध उत्खनन हुँदा किसान चिन्तित

खोलामा अवैध उत्खनन हुँदा दाङको शान्तिनगर गाउँपालिका–२ र ५ का किसान चिन्तित बनेका छन्। स्थानीय बहुला खोलामा अवैध उत्खनन गरी गहिरा खाडल पारिएको छ। यसले गर्दा कुलोमा पानी जाने अवस्था नरहेको किसान दलबहादुर विष्टले गुनासो गरे। ‘खोलाको दुईपट्टि खेत छ, ठूलाठूला खाडल पारिएको छ’, उनले भने, ‘तर, यो विषयमा खेतालालाई कहिल्यै सोधिंदैन, पानीमाथि उत्रिनै कुरै भएन।’

गत वर्ष पनि पानी खेतसम्म नपुग्दा रोपाइँ नै गर्न पाएनन्। यस वर्ष पनि रोपाइँ गर्न सक्ने छाँटकाँट नरहेको उनको भनाइ छ। खोलामा अहिले पनि ठूलाठूला खाडल पारेर उत्खनन गरिएको छ।

त्यस्तै शान्तिनगर–२ का कुल्लुबहादुर चौधरीले पनि यस्तै समस्यामा छन्। खेतमा पानी नजाँदा उनको खेत पनि बाँझै रहने गरेको छ। त्यस क्षेत्रमा करिब एक सय बिघा खेत छ। वर्षातमा आकाशे पानीको भरमा रोपाइँ हुने गर्छ भने हिउँदमा जग्गा बाँझै राख्नुपर्ने अवस्था छ।

त्यो खोलामा व्यवस्थित अनुगमन नुहँदा मापदण्डभन्दा बढी उत्खनन हुने गरेको छ। जसले गर्दा किसान मारमा पर्ने गरेका छन्। खोलामा हुने उत्खनन कार्यको जिल्ला समन्वय समितिले अनुगमन गर्ने गरेको शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले बताए। रासस

प्रकाशित: २८ फाल्गुन २०७९ ०४:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App