६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी विधेयक चालु अधिवेशनमै ल्याउँछौँ: मन्त्री देवी

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले संसदको चालु अधिवेशनमै संसदीय समितिले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनका सम्बन्धमा आवश्यक पर्ने विधेयक दर्ता गर्ने कोसिस भइरहेको बताएकी छिन्।

आज प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उहाँले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनका सम्बन्धमा आवश्यक पर्ने विधेयक चालु अधिवेशनमै दर्ता गर्ने कोसिस भइरहेको बताएकी हुन।

उनले चालु अधिवेशनमै विधेयक दर्ता हुने विश्वास पनि व्यक्त गरिन। उनले क्रसर व्यवसायीहरुको मागप्रति सरकार चिन्तित भएको भन्दै समस्या समाधानको पहल गर्ने बताइन।

मन्त्री देवीले के–कति क्रसर उद्योगहरू आधिकारिक र अनधिकृत रुपमा चलिरहेको छन् भन्ने तथ्याङ्क समेत सरकारसँग नभएको बताइन।  

प्रकाशित: १२ आश्विन २०८० ११:५२ शुक्रबार

ढुङ्गा गिट्टी बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी विधेयक चालु अधिवेशनमै ल्याउँछौँ: मन्त्री देवी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति