२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

रोकिएन चुरे क्षेत्रको अवैध दोहन

फाइल स्केच

चुरे क्षेत्रको अवैध दोहन रोकिएको छैन। चुरे क्षेत्रबाट व्यापक मात्रामा गिटी र ढुंगा चोरी भइरहेको छ। चुरेबाट अवैध रूपमा ढुंगा चोरी–तस्करी भए पनि सरोकारवाला निकाय चुपचाप बसेका छन्।

रौतहटसँग सीमा जोडिएको मकवानपुरको बकैया गाउँपालिका–१ मा रहेको चुरे क्षेत्रबाट दैनिक दर्जनौं ट्र्याक्टरले ढुंगा चोरीनिकासी हुने गरेको पाइएको छ। चुरेस्थित चाँदी खोलामा ट्र्याक्टर लगेर ढुंगा निकाल्ने गरेका छन्। रौतहटको गैडाटार र चन्द्रनिगाहपुरका ट्र्याक्टर पुगेर मकवानपुर क्षेत्रबाट अवैध रूपमा ढुंगा तथा गिटी उत्खनन गरी रौतहटतिर ल्याउने गरेको स्थानीय बताउँछन्।

चुरे क्षेत्रको अवैध दोहन रोकिएको छैन। चुरे क्षेत्रबाट व्यापक मात्रामा गिटी र ढुंगा चोरी भइरहेको छ। चुरेबाट अवैध रूपमा ढुंगा चोरी–तस्करी भए पनि सरोकारवाला निकाय चुपचाप बसेका छन्।

ढुंगा, गिटी, बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ ले वन तथा चुरे क्षेत्रबाट सामान्यतया ढुंगा, गिट्टी, बालुवा उत्खनन नगर्ने र गर्नुपर्ने भएमा सम्बन्धित निकायको सहमतिमा वातावरणीय अध्ययन प्रतिवेदनमा उल्लिखित विधिअनुसार सम्बन्धित गाउँपालिका वा नगरपालिकाले ढुंगा, गिटी तथा बालुवा उत्खनन, संकलन र बिक्री गर्नुपर्ने व्यवस्था रहेको छ।

चुरे क्षेत्रमा ढुंगा, गिटी, बालुवा उत्खनन गर्ने सम्बन्धमा राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिको सहमति तथा स्वीकृत मापदण्डका आधारमा सम्बन्धित गाउँपालिका वा नगरपालिकाले प्रचलित कानुन तथा मापदण्ड बमोजिम ठेक्का बन्दोबस्त गर्नुपर्नेमा तस्करहरूले आफूखुसी चुरेबाट ढुंगा ओसार्ने गरेको बकैया गाउँपालिका–१ का वडाध्यक्ष आशिष तितुङ बताउँछन्।

अवैध चोरीनिकासी रोक्न निकै प्रयास भए पनि नसकिएको र डिभिजन वन कार्यालय तथा प्रहरीले सहयोग नगरेको गुनासो पनि वडाध्यक्ष तितुङको रहेको छ। मकवानपुर जिल्लाको डिभिजन वन कार्यालय र प्रहरीसँग सहयोग माग्दा पनि पाएनौं।

मकवानपुरको सुरक्षा निकायलाई यो ठाउँ कोल्टे पर्छ, रौतहटले आफ्नो क्षेत्र नपर्ने भन्दै सहयोग नपाएको उनी बताउँछन्। व्यापक मात्रामा ढुंगा, गिटी र बालुवा चोरीनिकासी भइरहँदा सम्बन्धित निकायको ध्यानाकर्षण नभएको अवस्थामा तस्कर थप हौसिएका छन्।

प्रकाशित: ६ असार २०८० ०२:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App