२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

सर्लाहीमा अवैध उत्खनन गरिरहेका दुई जेसिबीसहित ९ टिपर प्रहरीको नियन्त्रणमा

अवैध रुपमा खोलामा उत्खनन गरिरहेका दुई जेसिबीसहित ९ टिपर र चालकलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ। सर्लाहीको लालबन्दी नगरपालिका १ स्थित लखनदेही खोलामा सात नम्बर टोलनजिकबाट मापदन्ड विपरीत गिटी बालुवा उत्खनन गरी लोड गरिरहेको अवस्थामा सर्लाही प्रहरीले दुई जेसिबि र ९ टिपरलाई नियन्त्रणमा लिएको हो।

सर्लाही प्रहरीले शुक्रबार साँझ ९ टिपर र दुई जेसिबीलाई नियन्त्रणमा लिएको छ। सर्लाही प्रहरीले ना ७ ख २६६५ नम्बरको टिपरसहित मकवानपुरको हेटौँडा उपमहानगरपालिका १९ का ३१ वर्षीय चालक जीवन ठकुरी, ना ७ ख ८९२१ नम्बरको टिपरसहित हेटौँडा उपमहानगरपालिका १९ का ५२ वर्षीय चालक धाना बहादुर लामा, ना ७ ख ५९९५ नम्बरको टिपरसहित हेटौँडा उपमहानगरपालिका १९ का ३३ वर्षीय चालक सरोज पुरी, ना ७ ख ५४५६ नम्बरको टिपरसहित मनहरी गाउँपालिका ७ का ३१ वर्षीय चालक मिलन थापा, ना ७ ख  ६४३९ नम्बरको टिपरसहित मनहरी गाउँपालिका ४ का ३१ वर्षीय चालक आयुश प्रजा, ना ७ ख २९८५ नम्बरको टिपरसहित मनहरी गाउँपालिका ४ का ३४ वर्षीय चालक सुरेश प्रजा, ना ७ ख ६७८९ नम्बरको टिपरसहित हेटौँडा उपमहानगरपालिका १० का २७ वर्षीय चालक अमिर अनसरी, प्र २ – ०३ – ००१ ख ४२४३  नम्बरको टिपरसहित बाराको निजगढ नगरपालिका ४ का २५ वर्षीय चालक विशाल सापकोटा र प्र २ – ०३ – ००१ ख ०२०१ नम्बरको टिपरसहित उदयपुर जिल्लाको कटारी नगरपालिका ७ का ४२ वर्षीय चालक कोइन्द्र कोइरालालाई नियन्त्रणमा लिएको छ।

यसै गरी सर्लाही प्रहरीले झापा जिल्लाको कन्काई नगरपालिका २ का ३९ वर्षीय गणेश न्यौपाने र सिराहाको धनगढी नगरपालिकाका ३५ वर्षीय सन्तोषकुमार चौधरीलाई जेसिबिसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत डिएसपी विजय यादवले बताए।

जेसिबी र टिपर तथा सबै चालकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लालबन्दीमा राखिएको डिएसपी यादवले जानकारी दिए।

सर्लाही प्रहरी प्रमुखको रुपमा एसपी नरेशराज सुवेदी हाजिर भएपछि सीमा वारपार हुने तस्करी, लागू पदार्थ ओसारपसार, गाँजा फँडानी तथा अवैध क्रसर उद्योगको नियन्त्रणमाथि ठूलो सफलता हासिल भएको छ। यसै गरी अवैध रुपमा हुने उत्खनन तथा ढुवानीमाथि पनि प्रहरीले निगरानी बढाएको छ।

नेपालबाट भारततिर हुने ढुंगा, गिटी र बालुवाको तस्करी पनि कम भएको स्थानीयहरुको भनाइ छ। सर्लाही प्रहरी प्रमुख एसपी सुवेदीले अपराधविरुद्ध शून्य सहनशीलता अपनाएर काम गरिरहेको बताए।  

प्रकाशित: २९ पुस २०७९ १४:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App