चुनढुङ्गा उत्खनन गर्दा खानेपानीका मुहान सुक्ने भन्दै आपत्ति
तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको मुहान क्षेत्रको क्षेत्रमा उत्खननका लागि अनुमति पाएको भन्ने सूचना पाएपछि संस्थाले त्यसको विरोध जनाएको छ।
तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको मुहान क्षेत्रको क्षेत्रमा उत्खननका लागि अनुमति पाएको भन्ने सूचना पाएपछि संस्थाले त्यसको विरोध जनाएको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारले यसअघिको सरकारले घोषणा गरेको चुरे क्षेत्रको उत्खनन् गरी ढुङ्गा गिट्टी, बालुवा निर्यात गर्ने कार्यमा रोक लगाउने भएको छ।
स्थानीय खोला, नदी तथा खानीबाट मनोमानी ढंगले हुँदैआएको ढुंगा, गिटी, वालुवा तथा माटो उत्खनन नियन्त्रणका लागि गाउँपालिकाले गाउँसभामार्फत ‘वातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन, २०७८’ जारी गरेको हो।
ती खानी तथा घाट राजस्व उठाउने महानगरपालिकाको आन्तरिक स्रोत हुन्। खानी तथा घाट उत्खननको टेन्डरमार्फत महानगरपालिकाले राजस्व उठाउँदै आएको छ। घाटहरूबाट महानगरले वार्षिक २० करोड रूपैयाँभन्दा बढी राजस्व संकलन गर्दै आएको छ।
प्रहरीले अवैध रुपमा निर्माण सामग्री उत्खनन गरेर ल्याएको भनेर नियन्त्रणमा लिएका टिपरलाई प्रशासकीय अधिकृत बगालेले वैध भनेर छुटाउन पत्राचार गर्नुले यस धन्दामा नगरपालिकाको संरक्षण पुष्टि गर्छ।
जिल्लाको जलजला गाउँपालिकाले बर्खायाममा पनि नदीजन्य पदार्थ उत्खनन र निकासीका लागि ठेक्का लगाउने भएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले नदीजन्य पदार्थ उत्खननमा संलग्न तीन ट्याक्टर र एक स्काभेटर नियन्त्रणमा लिएको छ । बेनी नगरपालिका–६ चुत्रेनीस्थती खोलामा गैरकानुनी रुपमा प्राकृतिक स्रोतसाधन दोहनमा प्रयोग गरिएको ध १ त ५८२, ग १ त ५४४८ र ध १त ५३२८ नम्बरको ट्याक्टर र बा १क ६४०३ नम्बरको स्काभेटरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
चुरे क्षेत्रमा पर्ने धरानको सर्दु खोलामा स्काभेटर प्रयोग गरेर भइरहेको उत्खनन रोक्न पुगेको एक टोलीलाई ठेकेदारबाट परिचालित समूहले सांघातिक आक्रमण गरेको छ।
गोरखामा नदीजन्य सामाग्री ढुंगा, गिट्टी, बालुवाको अवैध उत्खनन रोक्न स्थानीय तहले जरिवाना रकम बढाएपनि चोरी निकासी भने रोकिएको छैन ।
वर्षाको बाढीले बगाएर ल्याउँदा यहाँ थुप्रिएको हो, यहाँबाट बगेरै तलतिर जान्छ । वर्षेनी ननिकाल्दा पनि केही असर परेको छैन ।
ठेकेदारहरुले धेरै स्काभेटर प्रयोग गरेर चार मिटरसम्म उत्खनन गर्ने स्थानहरुमा १० फिट गहिरोसम्म नदीजन्य पदार्थ निकालिरहेका छन्।
नदीजन्य निर्माण सामाग्र उत्खनन गर्न स्थानीय तहले हरेक वर्ष ठेक्का लगाउँछन् । वर्षा अघि सम्म गोरखाका ठुला घाटमा रातदिन उत्खनन् हुन्छन् । यसवर्षको उत्खनन दुई साता अघि रोकिएको थियो ।
‘यतिसम्मको सेटिङ हुन्छ कि प्रशासनको अनुगमन आउने बेला सबैतिर सुनसान हुन्छ, तर, भोलिपल्टदेखि पुनः निकाल्न थालिन्छ,’ खनालले भने। खनालका अनुसार सेती उत्खनन गर्दा पृथ्वी राजमार्ग पनि जोखिममा पर्छ। राजमार्ग नै जोखिममा पर्ने भन्दै आवाज उठाउँदा पनि वास्ता नगर्ने उनले सुनाए।
तनहुँको कोत्रेखण्डमा सेतीनदिको विभिन्न सातवटा घाटबाट ढुंगा, गिट्टी, बालुवा उत्खनन् गर्न दिएर शुक्लागण्डकी नगरपालिकाले वर्षमा झन्डै ११ करोड रुपैयाँ आम्दानी गर्छ । यो खण्डमा नदीबाट जथाभावि ढुंगा, गिट्टी, बालुवा निकालेको भन्दै विरोध पनि भईरहन्छ । नदीबाट जथाभावि सामाग्री निकालेको भन्दै स्थानीयले व्यापक विरोध जनाइरहँदा उनीहरुको आवाज भने सुनुवाई हुँदैन ।
चुरे क्षेत्रमा पर्ने धरानको सर्दु खोला क्षेत्रमा उत्खनन गरेको भन्दै स्थानीयवासी विरोधमा उत्रिएका छन्। धरान–१७ स्थित डाँडाघोपा नमुना मार्ग टोल विकास संस्थाको अगुवाइमा बुधबार बिहान स्थानीयले उत्खननमा रोक लगाएका छन्।