२६ वैशाख २०८१ बुधबार
image/svg+xml

इटहरीमा ३० करोडको लगानीमा सञ्चालित मनोरञ्जन पार्कको उद्घाटन

पूर्वकै केन्द्रमा पर्ने इटहरी वडा नं. २ मा ३० करोडको लगानीमा इपी ल्याण्ड एन्ड वाटर पार्कको सोमबार विधिवद् उद्घाटन गरिएको छ। पार्कको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले गरेका हुन्।

३० करोड लगानीमा पूर्वमै सबैभन्दा ठूलो मनोरञ्जन पार्क

पूर्वकै केन्द्रमा पर्ने इटहरी वडा नं. २ मा ३० करोडको लगानीमा इपी ल्याण्ड एन्ड वाटर पार्क सञ्चालनमा आएको छ। ६ बिघा क्षेत्रफलमा निर्माण भएको पार्क अघिल्लो वर्ष चैतदेखि (२०७६) नै सञ्चालनमा ल्याउने योजना रहेपनि कोरोना महामारीले गर्दा झन्डै वर्षदिन ढिलाई भएको हो ।

मनोरञ्जन क्षेत्रमा हुने महिला हिंसासम्बन्धी प्रतिवेदन सार्वजनिक

मनोरञ्जन क्षेत्रमा कार्यरत महिला र बालिकामाथि हुने हिंसासम्बन्धी नेपाली सञ्चार माध्यममा प्रकाशित र प्रसारित समाचारलाई आधार मानेर तयार पारिएको ‘सञ्चार अनुगमन प्रतिवेदन’ सार्वजनिक गरिएको छ ।

मनोरञ्जन क्षेत्र तत्काल नखोल्ने

फिल्म हल, पार्टी प्यालेस, डान्स बारसहितका मनोरञ्जन क्षेत्रहरू बन्द रहनेछन् । बैठकले सबै प्रकारको महोत्सव, जात्रा, मेला, सभा, सम्मेलन र प्रदर्शन नगर्न निर्देशन आदेश दिएको थियो । २५ जनाभन्दा बढी सहभागी हुने गोष्ठी, धार्मिक तथा सामाजिक स्थल, हेल्थ क्ल्ब र ब्युटी पार्लरलगायत नखोल्ने निर्णय गरेको थियो ।

६५ प्रतिशत पर्यटक मनोरञ्जनको लागि नेपाल

सर्वेक्षण अनुसार २०७५ माघदेखि २०७६ पुससम्ममा सात लाख ७८ हजार एक सय ७३ विदेशी मनोरञ्जनको लागि नेपाल आएका देखिन्छन् । त्यसमा पदयात्रा र पर्वतारोहणको लागि १६ प्रतिशत, व्यापारका लागि साढे तीन प्रतिशत, औपचारिक कार्यालयसम्बन्धी कामले झण्डै साढे चार प्रतिशत र तीर्थयात्राका लागि १४ प्रतिशत नेपाल आएको सर्वेक्षणमा उल्लेख छ ।

रोकिँदै मनोरञ्जनात्मक गतिविधि

विभिन्न मनोरञ्जनाविधिको लागि गन्तव्य मानिने धरान यतिखेर सुनसान भएको छ। संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर फिल्म हल, सांस्कृतिक केन्द्र, म्युजियम र मनोरञ्जन स्थललगायत बन्द गरेलगत्तै धरान वरपर सञ्चालन भइरहेका क्ल्बहरू सुनसान भएका छन्।

मनोरञ्जन गतिविधि प्रभावित

संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरेपछि भक्तपुर वरपर सञ्चालन हुने गरेका मनोरञ्जनात्मक गतिविधिहरू प्रभावित भएका छन्।

दर खुवाउन ५ लाख बजेट छुट्याइयो

तीज अगावै तामझाम र मनोरञ्जन कम गर्नुपर्ने चर्चा चलिरहदा सिन्धुलीका दुई नगरपालिकाले तिज विशेष कार्यक्रमको लागि बजेटनै विनियोजन गरेका छन्। कमलामाई नगरपालिका र दुधौली नगरपालिकाले तिज मनाउन बजेट विनियोजन गरेका हुन् ।

कोरियन फिल्मको मोह बढ्दो

विश्वभरको मनोरञ्जन बजारमा कोरियन फिल्म र संगीतको प्रभाव बढ्दो छ। नेपालका युवा पुस्ताहरू कोरियन फेसन, फिल्म र के–पप संगीत पछ्याउन थालेका छन्। इन्टरनेटको सुविधासँग कथावस्तुबाट प्रभावित भएर कोरियन फिल्म हेर्ने नेपाली दर्शकको संख्या दिनानुदिन बढ्दै गएको छ। बौद्धमा फिल्म र म्युजिकको पसल सञ्चालन गरिरहेका विकास श्रेष्ठका अनुसार कोरियन फिल्म र के–पप संगीत डाउनलोड गरेर लैजाने युवाहरूको संख्या ह्वात्तै बढेको छ। ‘पसलमा आएर कोरियन फिल्म र के–पप संगीत डाउनलोड गरेर लैजाने युवाहरू धेरै छन्। इन्टरनेटको सुविधासँगै उनीहरू नयाँ कोरियन फिल्म र के–पप संगीत खोज्ने गरेका छन्। सिडी संस्कृति घटेपनि पेनडाइभ र मोबाइलमार्फत कोरियन फिल्म लाने ग्राहक दिनानुदिन बढेका छन्,’उनी भन्छन्, ‘कोरियन फिल्महरू रिलिज भएको भोलिपल्ट नेपाली बजारमा आइपुग्ने गरेका छन्।’

मुर्झाएको मञ्चन

स्तरीयता र गम्भीर विषयको अभाव खट्किएको कुरा आत्मसात् गर्नैपर्छ र मेहनत एवं लगनशीलता देखाउनै पर्छ। नाटक मञ्चनको समय एकाध घण्टा होला, तर नाटकचाहिँ जीवन्त हुनुपर्छ। नाटकले जीवन बोल्नुपर्छ। विराटनगरको माटो बोल्नुपर्छ।

सर्लाहीमा ‘क्या दामी भो’

गायक शिव परियारले गत शुक्रबार राती गृहजिल्लाबासीलाई भरपुर मनोरञ्जन दिलाएका छन्। उनको प्रस्तुतीले मध्यरातसम्म सर्लाहीको हरिवनमा जारी रमाईलो मेला एवं महोत्सवस्थल गुञ्जायमान बन्यो।

२५ करोड लगानीमा फनपार्क

भरतपुर महानगरपालिका–४ लंकुको अद्वैत चोकमा जेम्स वल्र्ड फनपार्क निर्माण गरिएको छ। २५ करोड रुपैयाँ लागतमा तयार गरिएको फनपार्क वैशाख १ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको फनपार्कका अध्यक्ष महेश तिवारी बताउँछन्। तीन बिघा क्षेत्रफलमा रहेको फनपार्कमा एकैपटकमा चार हजार पाँच सय मानिसले मनोरञ्जन लिन सक्ने उनले बताए।

"गर्ल फ्रेण्ड" बनाएर अरू युवतीहरूको शोषण गर्दै साहु

मनोरञ्जन क्षेत्रका साहुहरुले युवतीलाई आफ्नो ‘गर्ल फ्रेण्ड’ बनाएर अरू युवतीहरुलाई फसाउने र ग्राहकसँग जान बाध्य पार्ने गरेको खुलेको छ ।

डिस्नेको आम्दानी सात अर्ब डलर

मनोरञ्जन उद्योगमा विश्वकै ठूलो कम्पनी डिस्नेले लगातार दोस्रो वर्ष सन् २०१८ मा करिब सात अर्ब अमेरिकी डलरको व्यापार गरेको छ। डिस्नेले सन् २०१८ मा विश्वव्यापी रूपमा चर्चित ‘ब्ल्याक प्यान्थर’, ‘एभेन्जर्सः इन्फिनिटी वार’देखि एनिमेटेड सिक्वेल चलचित्र ‘इन्क्रेडिबल २’ र पछिल्लो ‘स्टार वार्स’ चलचित्र बजारमा ल्याएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्