६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

डिस्नेको आम्दानी सात अर्ब डलर

लस एन्जलस – मनोरञ्जन उद्योगमा विश्वकै ठूलो कम्पनी डिस्नेले लगातार दोस्रो वर्ष सन् २०१८ मा करिब सात अर्ब अमेरिकी डलरको व्यापार गरेको छ। डिस्नेले सन् २०१८ मा विश्वव्यापी रूपमा चर्चित ‘ब्ल्याक प्यान्थर’, ‘एभेन्जर्सः इन्फिनिटी वार’देखि एनिमेटेड सिक्वेल चलचित्र ‘इन्क्रेडिबल २’ र पछिल्लो ‘स्टार वार्स’ चलचित्र बजारमा ल्याएको थियो।

बक्स अफिसमा वार्षिक सात अर्ब डलरभन्दा बढी आर्जन गर्ने विश्वकै एकमात्र कम्पनी डिस्ने हो। सन् २०१६ मा यसको आम्दानी सात अर्ब ६० करोड डलर थियो। ‘डिस्ने, पिक्सार, मार्भेल स्टुडियो र लुकास फिल्मलाई मन पराउने विश्वभरका समर्थकलाई धेरै धेरै धन्यवाद,’ वाल्ट डिस्ने स्टुडियोका अध्यक्ष अलान होर्नले एक वक्तव्यमा बताएका छन्।

उत्तर अमेरिकामा डिस्नेले झण्डै तीन अर्ब १० करोड डलर आम्दानी गरेको थियो। यो आफैंमा नयाँ रेकर्ड हो। डिस्नेका केही चलचित्र अहिले विश्वकै उत्कृष्ट १० स्थानभित्र रहेका छन्। ‘ब्ल्याक प्यान्थर’, ‘एभेन्जर्सः इन्फिनिटी वार’, ‘इन्क्रेडिबल २’ र ‘स्टार वार्स’समेतका प्रत्येक चलचित्रले संयुक्त राज्य अमेरिका र क्यानाडामा ६० करोड अमेरिकी डलरभन्दा बढी कमाएका छन्।

यी चलचित्रले कूल चार अर्ब ६४ करोड अमेरिकी डलर आम्दानी गरेका छन्। सन् २०१९ मा डिस्नेले अर्को फड्को मार्दैछ। ‘क्याप्टेन मार्भेल’ र ‘एभेन्जर्सः इन्डगेम’ नयाँ स्वरुपमा आउँदैछ भने ‘फ्रोजेन २’ र ‘स्टार वार्सःइपिसोड नाइन’ वर्षको अन्त्यमा बक्स अफिसमा आउनेछ।

एनिमेटेड चलचित्रका नयाँ संस्करणका रूपमा ‘डम्बो’, ‘अल्लादिन’ र ‘द लायन किङ’ बजारमा आउँदैछन् भने डिस्नेको सहायक कम्पनी पिक्सारको उत्पादनका रूपमा ‘टोय स्टोरी फोर’ पनि यसै वर्ष बक्स अफिसमा आउनेछ।

प्रकाशित: २० पुस २०७५ ०२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App