१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml

देश चिनाउने फिल्म खोई ? (भिडियो)

शुक्रबार रिलिज हुने चलचित्र प्रसादमा निश्चल बस्नेत छोटो भूमिकामा छैनन्। छोटो मिठो भूमिकामा देखा पर्दै आएका उनी प्रसादमा 'नेगेटिभ क्यारेक्टर' मा देखिने छन्। 'यो फिल्मको भिलेन हो भन्दा पनि फरक पर्दैन', सोमबार नागरिक नेटवर्कको स्टुडियोमा उनले भने, 'यस्तो भूमिकामा यस अघि काम गरेको थिइन।'

नेपालगन्जमा 'मेरी मामु' को प्रमोशन

नेपालगन्जको कथावस्तुलाई समेटर बनाएको राज्जा रानी फिल्मको सफलता पछि यम थापाले निर्देशन गरेको मेरी मामु फिल्म भदौमा रिलिज हुँदैछ। बालमनोविज्ञानमा आधारित फिल्मले समाजमा नयाँ सन्देश दिने फिल्म युनिटीले दाबी गरेको छ। फिल्म रिलिज हुने दिन नजिकिदै गर्दा अहिले निर्माण टोली र कलाकार देशभर फिल्मको प्रचारमा व्यस्त देखिएका छन्।

माल्दिभ्समा मनोरञ्जन क्षेत्रको लगानीमा अंकुश

माल्दिभ्स सरकारले मनोरञ्जन क्षेत्रमा हुने वैदेशिक लगानीको मात्रामा अंकुश लगाएको जनाएको छ। मालदिभ्सले स्थानीय लगानीलाई प्रेरितगर्न ठूलोमा मात्रामा हुने वैदेशिक लगानीलाई प्रतिबन्ध लगाएको सरकारी अधिकारीले बिहीबार जनाएका छन्।

मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिलालाई पाठेघरको समस्या

मनोरञ्जनका क्षेत्रमा काम गर्ने अधिकांश महिलालाई पाठेघरको समस्या देखिने गरेको छ। चेतना अभिवृद्धि केन्द्र (क्याप नेपाल) ले तीन दिनसम्म नयाँ बसपार्क क्षेत्रका डान्स, रेन्टुराँ, होटलमा काम गर्ने ४२ महिलाको स्वास्थ्य परीक्षण गर्दा २२ जनामा पाठेघरको समस्या देखिएको हो।

मनोरञ्जन कि संस्कृति ?

दशैंको माहौलमा देखिने चङ्गाहरुको भीड आजकल काठमाण्डौंको आकाशमा त्यतिसाह्रो देखिंदैन । यदाकता मात्रै झुल्किने चङ्गाले उपत्यकाको आकाश परिवर्तन भएको संकेत गर्छन् । शरद् क्रृतुको समय र दशै तिहारको याममा आकाशमा चङ्गा नदेखिंदा कताकता अनौठो लाग्छ । दशैंको संकेत लिएर काठमाण्डौंका आकाशमा चङ्गा देखिने पुरानो चलन हो । हातमा लट्टाई बोकेर घरका छतछतबाट आकाशगङ्गातर्फ केन्द्रित हुने युवाहरु अहिले कम्प्युटरको कि बोर्ड, फेसबुक तथा ट्वीटरमा केन्द्रित हुन थालेकाले आकाश बदलिएको छ । पहिला जस्तो आकाशमा चङ्गाको लडार्इं हुन छाडेको छ, बरु अहिले सामाजिक सञ्जालमा यस्तो लडाईं देखिन्छ । विना चङ्गाको आकाशले दशैंलाई फिक्का बनाइरहेको छ ।

राजधानीमा फष्टाउँदै रात्रीकालीन मनोरञ्जन

सहरी जीवनमा सुखानुभूत गर्नेदेखि सहरमा रहरको पहिचान खोज्नेसम्मको एउटै गन्तव्य बन्ने गरेको छ रात्रिकालीन मनोरञ्जन। त्यसैले मनोरञ्जन व्यवसायको नाममा करोडौँ लगानी भइरहेको छ। स्वदेशी मात्र नभई विदेशी पर्यटकलाई लक्षित गरी गजल, लाइभ ब्याण्ड, क्लब, लाउञ्ज रेष्टुराँ, डिस्को, दोहोरी साँझलगायत व्यवसायमा लगानी बढेको हो।

कस्तो मनोरञ्जन? कसको मजाक?

गजब कतिसम्म छ भने सेक्स उद्योग र चलचित्र उद्योग दुवैलाई मनोरञ्जन उद्योग भनेर मान्नेहरू पनि छन्। पत्रपत्रिकामा पनि धेरैले चलचित्रलाई मनोरञ्जनकै क्षेत्र मान्छन्। यो हो पनि। चलचित्रमात्रै किन, कलाका सबै रूपहरू मनोरञ्जनकै क्षेत्र हुन्। सङ्गीत मनोरञ्जनको क्षेत्र हो, नृत्य मनोरञ्जनको क्षेत्र हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्