१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

नेपालगन्जमा 'मेरी मामु' को प्रमोशन

बाँके- नेपालगन्जको कथावस्तुलाई समेटर बनाएको राज्जा रानी फिल्मको सफलता पछि यम थापाले निर्देशन गरेको मेरी मामु फिल्म भदौमा रिलिज हुँदैछ। बालमनोविज्ञानमा आधारित फिल्मले समाजमा नयाँ सन्देश दिने फिल्म युनिटीले दाबी गरेको छ। फिल्म रिलिज हुने दिन नजिकिदै गर्दा अहिले निर्माण टोली र कलाकार देशभर फिल्मको प्रचारमा व्यस्त देखिएका छन्।

नेपाली फिल्ममा नयाँ कथा बस्तुमा बनेको फिल्मको प्रचार गर्न नेपालगन्ज आइपुगेका नायक सारुक ताम्राकार, नायिका अस्लेशा ठकुरीले फिल्मले सफलता हासिल गर्नेमा विश्वास ब्यक्त गरे।

अभिभावकको मृत्यु पछि एउटा बालकमा पर्ने मानसिक असरले कस्ता समस्या निम्त्याउँछ भन्ने कुरा फिल्मले देखाउन खोजेको नायक ताम्राकारले बताए। फिल्म रानी पछि ताम्राकारले मेरी मामुमा अभिनय गर्दैछन। उनले भने, ‘नेपाली फिल्ममा बालबालिकाको मनोविज्ञानलाई अध्ययन गरेर फिल्म बनेको छैनन। हाम्रो समाजमा लुकेको मनोविज्ञानलाई फिल्मको मुख्य विषय वस्तु बनाएको छ। यसमा अभिनय गर्न पाउँदा खुसी छु। फिल्मले सफलता हासिल गर्नेमा मलाई विश्वास छ।’ आसुसेन फिल्म प्रोडक्सनले चंखे, शंखे, पंखे, प्रेमगीत, प्रेमगीत–२ पछि मेरी मामु फिल्म निर्माण गरेको हो।

 फिल्म मेरी मामुको बालकलाकारको रुपमा आयुव सेनले अभिनय गरेका छन। ७ वर्षे आयुव निर्माता सन्तोष सेनका छोरा हुन। यम थापाको कथा र निर्देशन गरेको फिल्ममा कुशुम गुरुङ, भुवन चन्दले अभिनय गरेकी छिन । फिल्म निर्माण टिमले नेपालगन्ज र कोहलपुरका विद्यालयमा फिल्मको प्रचार कार्यक्रम गरेको थियो। विद्यालयको बालबालिकासँग भेटेर नायक, नायिकाले आफ्नो आमाको बारेमा लेख्न समेत आग्रह गरेका थिए । उत्कृष्ट खेल्ने विद्यार्थीलाई थाइल्यान्ड भ्रमणको व्यवस्था गर्ने निर्माताले बताए।  प्रेमगीत–२ को सफलतामा नेपालगन्जका दर्शकले साथ दिएको भन्दै नायिका अस्लेसाले मेरो मामु फिल्मलाई दर्शक मन पराउने बताइन । उनले भनिन,‘मेरो घर पश्चिम हो । मेरो पहिलो फिल्म प्रेम गीत–२ लाई नेपालगन्जले बासीले धेरै मन पराउनु भएको छ । पश्चिमको दर्शकले साथले मलाई हौसला मिलेको थियो । यसमा हामी सबै कलाकारले सतप्रतिसत राम्रो गर्ने कोसिस गरेको छौं । बालमनोविज्ञान विषय वस्तु भएपनि फिल्ममा प्रेम, गीतहरु राम्रो छन।’

 

 

प्रकाशित: २२ श्रावण २०७५ १४:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App