७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

विभेद कहिलेसम्म ?

केही दिन पहिला पश्चिम रुकुममा प्रेम गरेकै निहुँमा नवराज विक लगायत केही युवालाई कुटीकुटी मारियो । मारेर भेरी नदीमा फालियो । तिनीहरूको गल्ती के थियो ?

रुकुम घटना र अमेरिकी शिक्षा

हामी नागरिकले पनि जुनसुकै जात, धर्म, क्षेत्र, लिंग, पेसाका भए पनि यस्ता विभेद र हिंसाविरुद्ध एक भई आवाज उठाउन आवश्यक छ।

रुकुम घटना : मानवअधिकार–पत्रकार टोलीद्वारा स्थलगत अनुगमन

रुकुम पचिश्मको चौरजहारी–८, सोतीमा अन्तरजातीय प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न खोज्दा ६ जनाको ज्यान जाने गरी भएको घटनाका विषयमा मानवअधिकार तथा पत्रकारहरूको टोलीले प्रारम्भिक जानकारी लिन सुरु गरेको छ ।

कांग्रेसद्वारा संसद् अवरुद्ध, संसदीय विशेष समिति गठन गरिने भएपछि बैठक सुचारु

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जेठ १० गते रुकुममा गैरदलितसँग प्रेम सम्बन्ध राखेको आरोपमा नवराज बिकसहित ६ जनाको मृत्यु भएको घटनामा संसदीय विशेष समिति गठनको माग गर्दै संसद् अवरुद्ध गरेको छ ।

घेरा हाली लखेट्दा नदीमा खसेर मृत्यु : समिति

ठूलो संख्याका गाउँलेले घेरा हाल्दै ढुंगामुढा गरी लखेट्दा शरीर र टाउकोमा लागी भेरी नदीमा खस्दा रुकुमको चौरजहारीमा ६ जनाको मृत्यु भएको रिपोर्टिङ भएको छ । गृहमन्त्रालयबाट अनुसन्धानका लागि गएको सहसचिव जीतेन्द्र बस्नेत संयोजक रहेको समिति अनुसन्धान सकेर काठमाडौं आएपछि गृहमन्त्री रामबहादुर थापासमक्ष टोलीले शुक्रबार त्यस्तो रिपोर्टिङ गरेको हो ।

रुकुम घटनाको अनुसन्धान गर्न गएको टोली काठमाडौं फर्कियो

रुकुमको चौरजारीमा ६ जनाको ज्यान जाने गरी भएको घट्नाको अनुसन्धान गर्न गएको टोली काठमाडौं फर्केको छ। सहसचिव जितेन्द्र बस्नेत संयोजक रहेको टोली अनुसनधान सकेर काठमाडौ आएपछि आज गृहमन्त्रीलाई बस्तुस्थितिबारे सामान्य जानकारी गराएको छ।

प्रदेश ५ : गाउँदेखि सहरसम्म जातीय भेदभाव

गत वैशाख २२ गते गुल्मी कालीगण्डकी गाउँपालिका–५ फोक्सिङका श्याम परियार नेत्रबहादुर काउचाको घरको दैलौमा पसे । सँगै गएका गैरदलित साथीहरू पानी परेलगत्तै नेत्रबहादुर काउचाको घरभित्र पसे ।

छुवाछूत मुक्त राष्ट्र घोषणा, औचित्य र व्यवहार

दलित समुदायको सम्मान र आन्दोलनको सम्मान स्वरूप नेपालको संसद्ले २०६३ जेठ २१ गते नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो। तर, यसको औचित्य र व्यवहारमा भने तालमेल मिलेको छैन।

रुवान्डा नबनोस् नेपाल

नेपालमा जातीय विभेदको सुरुवात कहिले र कसरी भयो भन्नेबारे ठ्याक्कै भन्न सकिने स्थिति त छैन, तर केही तथ्य र प्रमाणका आधारमा भन्ने हो भने २६०० वर्षभन्दा पहिले नै यो सुरु भइसकेको देखिन्छ। गौतम बुद्धले एउटी चण्डालकी छोरीको हातबाट पानी खाएपछि उनको निकै आलोचन भएको कुरा केही पौराणिक कथामा उल्लेख भएको पाइन्छ।

रुकुम घटना ढाकछोप गरिए सिंहदरबार जलाउने धम्की

पोखराका दलित अभियन्ताहरूले रुकुम घटना ढाकछोप गरिए सिंहदरबार जलाउने चेतावनी दिएका छन् । मल्ल थरकी युवतीलाई विवाहका लागि लिन रुकुम जाने नवराज विकसहित ६ जनाको हत्या भएको विरोधमा दलित संघसंस्थाहरूले मंगलबार पोखरामा आयोजना गरेको संयुक्त शान्तिपूर्ण विरोध प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै उनीहरूले रुकुम घटनालाई तोडमरोड गरेर ढाकछोप गरिए सिंहदरबार जलाउने चेतावनी दिएका हुन् ।

'दलित प्रहरी सेल' गठन गर्न सरकारलाई निर्देशन

दलित समुदाय माथि हुने विभेदका घटनामा छुट्टै दलित प्रहरीको सेल निर्माण गरी छानविन गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको मंगलबारको बैठकले नेपाल सरकार गृह मन्त्रालयलाई दलित समुदाय माथिको विभेदको अनुसन्धान गर्न छुट्टै प्रहरी सेल गठन गर्न निर्देशन दिएको हो।

रुकुम घटनालाई हरेरे मात्र बस्यौं भने लाज पनि लजाउँछ : गगन थापा

नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले संविधानले स्वतन्त्रता, समानता, आत्मसम्मान, बाँच्न पाउने हक, मर्यादित जीवन जिउन पाउने हक, छुवाछुत तथा भेदभाव विरुद्धको हक र दलितको हकका कुराहरु लेखिएपनि रुकुम घटनाले लज्जित बनाएको बताएका छन्।

रुकुम घटना अनुसन्धान गर्न सिआइबीको टोली खटियो

काठमाडौं- रुकुम घटनाको अनुसन्धानको लागि सिआइबीको टोली खटिएको छ। सिआइबीका प्रमुख डिआइजी सहकुल थापाका अनुसार गृहमन्त्रीको निर्देशन अनुसार स्थानीय प्रहरी र अनुसन्धान टोलीलाई प्राविधिक सहयोग गर्न लाई सिआइबीको टोली खटिएको हो।

रुकुम घटनाको छानबिनका लागि संसदिय समिति गठन गर्न माग

प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले रुकुम घटनाको छानबिनका लागि संसदिय समिति गठन नभए कडा कदम चाल्ने चेतावनी दिएको छ ।

‘रुकुम घटनाले आक्रोशित बनाएको छ’

अभिनेता राजेश हमालले रुकुमको चौरजहारी नगरपालिकामा भएको घटनाका दोषीले सजाय पाउनुपर्ने अभिव्यक्ति दिएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुक लाइभमा उनले जातीय विभेदले समाजको प्रगति ओझेलमा पर्ने अभिव्यक्ति दिएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्