२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

रुकुम घटनाको अनुसन्धान गर्न गएको टोली काठमाडौं फर्कियो

रुकुम घटनामा ज्यान गुमाएका नवराज विक

रुकुमको चौरजारीमा ६ जनाको ज्यान जाने गरी भएको घट्नाको अनुसन्धान गर्न गएको टोली काठमाडौं फर्केको छ। सहसचिव जितेन्द्र बस्नेत संयोजक रहेको टोली अनुसनधान सकेर काठमाडौ आएपछि आज गृहमन्त्रीलाई बस्तुस्थितिबारे सामान्य जानकारी गराएको छ।

समितिमा सहसचिव बस्नेत, एसएसपी जनक भट्टराई, राष्ट्रिय अनुसन्धानका सहअनुसन्धान निर्देशक ओमबहादुर खड्का, उपसचिवद्वय बशिष्ट घिमिरे र माधव ढकाल छन्। गृहमन्त्री रामबहादुर थापाले रुकुम पश्चिमको घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याइने कुरामा ढुक्क हुन आग्रह गरेका थिए। जाजरकोटको भेरी नगरपालिका ४ रानागाउँका २१ वर्षीय युवक नवराज विक र छिमेकी जिल्ला पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोतीकी १७ वर्षीया मल्ल थरकी एक किशोरीबीच को प्रेम सम्बन्धका विषयले रुकुममा ६ जनाको ज्यान गएको थियो। सो घट्नामा नेपाल प्रहरीले पनि छुट्टै अनुसन्धान गरिरहेको छ।  

 

प्रकाशित: २२ जेष्ठ २०७७ १५:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App