काठमाडौं- रुकुम घटनाको अनुसन्धानको लागि सिआइबीको टोली खटिएको छ। सिआइबीका प्रमुख डिआइजी सहकुल थापाका अनुसार गृहमन्त्रीको निर्देशन अनुसार स्थानीय प्रहरी र अनुसन्धान टोलीलाई प्राविधिक सहयोग गर्न लाई सिआइबीको टोली खटिएको हो।
जेठ १० गते रुकुमको चौरजहारीमा ५ जनाको हत्या भएको थियो। आफुले प्रेम गरेकी युवति लिन गएका नवराज विक सहितका युवाको सामूहिक हत्या भएको थियो। उनीहरु मध्ये केहीको भेरी नदिमा शव भेटिएको थियो।
प्रकाशित: १९ जेष्ठ २०७७ १०:०७ सोमबार